जात्रा हेरेर सबै हाँस्दा वर्षाकी आमा किन निरास ?

शुक्रबारदेखि प्रर्दशनमा आएको ‘जात्रा’ हेर्ने दर्शकको संख्या शनिवार बढेको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनिबार हाउसफुल दर्शक पाएको छ ।समीक्षकको प्रशंसा र माउथ पब्लिसिटीका कारण पनि दर्शकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताए । ‘हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ, १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु’ उनले भने ।फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताए । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् ।पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र सिंह बानियाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ ।