
काठमाडौं, ६ फागुन। बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ ।
स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।
यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ ।
विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























