९० जना नयाँ थपिए नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७७२, कोरोनाभाइरसलाई जत्नेहरु १५५

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १३

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.13 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.13#COVID-19 source NTV

Posted by Onlineannapurna.com on Tuesday, May 26, 2020

९० जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नयाँ संक्रमित ९० जना थप भएसंगै कोरोनाभाइरसबाट देशमा संक्रमित हुनेको संख्या ७७२ पुगेको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा परिक्षण नतिजा पोजेटिभ देखिएको छ । संक्रमितहरुमा महोत्तरी मनरा वडा नं १० का ३० र ३५ वर्षिय पुरुष रहेका छन् । जुम्ला घर भएका हाल बारामा बसेका ३५ र ३६ वर्षिय पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ । बारा, पचरौता वडा नं १ मा रहेको पिपरपाती क्वारेन्टाईमा रहेका १९, ३० र ३५ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

रौतहटको देवाही गोनाही र धराईगुनाई नपरपालिकाका ६ जनामा संक्रमण देखिएको छ । उनिहरु १८ देखि ४१ वर्षसम्मका पुरुष रहेका छन् । रौतहटकै करुनीया वडा नं १ र ४ का ६ जनामासंक्रमण पोजेटिभ देखिएको छ भने उनिहरु २६ देखि ४८ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यस्तै रौतहट राजदेवी नगरपालिकामा एक २२ वर्षिय पुरुष तथा गरुडाका २४ वर्षिय पुरुष, सिराहाको नवराजपुर गाउँपालिकाका एक १८ वर्षिय पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनु भयो । सिराहाको भगवानपुर गाउँपालिकाका ४ जनामा पनि संक्रमण देखिएको छ । उनिहरु २५ देखि २९ वर्ष उमेरका पुरुष रहेका छन् ।

उता धनुषाको बेलामुखियापती गाउँपालिकाको कोभिड १९ अस्पताल जनकपुरमा २२ वर्षका एक पुरुषमा संक्रमण देखिएको छ । प्रदेश ५ को भेरी अस्पताल नेपालगञ्जमा २२ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । रुपन्देहीको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तु मायादेवी ७ का दुई जना २२, २५ वर्षका पुरुष, अर्घाखाँची कमला माविका १९ र ४३ वर्षका दुई जना पुरुष, गुल्मी धूर्कोटका दुई पुरुष तथा लुम्बिनी अस्पतालमा २२ वर्षका एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा १ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । भेरिगंगामा १६ र १७ वर्षिय पुरुषमा, सिमताका ३५ र ४९ वर्षका दुई पुरुषमा पनि संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्जमा ७ जनाको पोजेटिभ नतिजा देखिएको छ । उनिहरु डडुवाका २०, २१, ३६ र ४० वर्षका पुरुष रहेका छन् । यस्तै राप्ती सोनारी ३ का एक ४६ वर्षका पुरुष, ९ का ३८ वर्षिय पुरुष र वैजनाथ ३ का ३० वर्षिय पुरुषमासंक्रमण देखिएको छ ।
प्रवक्ता डा.देवकोटाका अनुसार कपिलवस्तुका २४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएको हो । जसमा २ वर्षिया वालिका, २९ देखि ५५ वर्ष उमेर समूहका ३२ जना पुरुष रहेका छन् । उनिहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं १, २ र ८ का निवासी हुन ।

कोरोनाभाइरसको संक्रमणलाई जित्नेहरु १५५ पुगे

यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमणलाई जित्नेहरु पनि थपिईरहेका छन् । पछिल्लो पटक नारायणी अस्पतालबाट ४३ जना निको भएर घर फर्किएका छन् । यो संगै कोरोनामुक्त हुनेको संख्या १५५ पुगेको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयले जारि गरेको पछिल्लो तथ्यांकका अनुसार हालसम्म ५४ हजार ४२४ जनाको पीसीआर तथा ९७ हजार ९६७ जनाको आरडीटी परिक्षण गरिएको छ । देशभर ५५ हजार २८२ जना क्वारेन्टाईनमा रहेका छन् भने ५८२ जना आईसोलेसनमा रहेका छन् । आजसम्म देशका ४६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ भने ४ जनाको मृत्यु भएको छ

Facebook Comments