७५ वर्षिय रामबाबु सरः दीपेन्द्र/निराजन मेरा विद्यार्थी, दीपेन्द्र बहुतै तेज, निराजन ठीकै तर सोझो(video)

आरजू विष्ट सल्यानी
अनलाइनअन्नपूर्ण/फागुन ६, पोखरा

{पोखरा …)

मेरो सानो उपवन सधैं मुस्कुराईरहन्छ
सेरोफेरो मगमग हुने वायु मात्रै वहन्छ ।

झरना छाँगा चौर हरिया सिर्जनाको कलामा
ल्यायो कस्ले सवरतिरको पोखरा पोखरामा
……

लेखक/साहित्यकार रामबाबु सुवेदी

कास्कीको हंसपुरमा जन्मिएका रामबाबु सुवेदी नेपाली साहित्यमा विशेष वाल साहित्यका प्रखर, उच्च योगदान दिएका, अध्यापनमा तीन दशक बिताएका प्रशिद्ध व्यक्तित्वको नाम हो । जीवनमा लामो समय लेखनमा बिताईरहनु सुवेदीलाई उमेरले वुढो बनाए पनि त्यसले कुनै प्रकारको भाँजो हाल्न नसक्ने बताउनु हुन्छ । ७५ वर्षिय रामबाबुको अनुभवमा जीवन एउटा प्रक्रिया भएकोले यो आफ्नै लयमा चलिरहन्छ तर लेखनको क्षेत्रमा उमेर चढ्दै गएपनि झन् प्रखर र तिख्खर बनाई रहने अनुभव सुनाउनु हुन्छ ।

४२ वटा पुस्तक प्रकाशन गरें । वाल साहित्यका ३०, शिक्षाका ७ र कविता ५

मेरो जीवनकालमा मैले ३० वर्ष एउटै स्कुल वुढानिलकन्ठमा पढाएँ । वेलायतको ईटन कलेजमा २ वर्ष पढाएँ । त्यहाँ म नेपाली विषय पढाउन गएको हो । मैले लामो समय वुढानिलकन्ठमा पढाउँदै गर्दा, वालवालिकाको संगत गर्दा, उनिहरुको मनोभावलाई बुझ्दै गर्दा वाल साहित्यमा रुचि लाग्यो र वाल साहित्यका ३० वटा पुस्तक पनि प्रकाशन गरें, उहाँले हाँस्दै भन्नुभयो :“चार पाँच वटा वाल साहित्यका पुस्तक प्रकाशनको तयारीमा रहेका छन् भने शिक्षासंग सम्वन्धित ७ र कविता संग्रह ५ गरेर ४२ वटा पुस्तक प्रकाशन गरि सकेको छु ।

उसो त मैले २० को दशकमा थालनि गरेको हुँ वाल साहित्य लेखन । नेपालमा कमैले मात्र वाल साहित्यमा कलम चलाउनु भएको छ । माधव घिमिरे लगायतका केहिले कलम चलाउनु भयो । वाल गीत मात्रै संगीत स्वर भरिएका मेला ४७ वटा छन् । हाम्रा वालवालिकालाई प्रविधिसंग नजिक बनाएर पढाईमा रुचि जगाउन वाल गीतहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले यसो गरिएको हो । जता गयो त्यहाँ विदेशी गीतमा, फिल्मका गीतका नचाउने परिपाटीलाई हटाउन पनि नेपाली रचना र वाल गीतको पाटोलाई समात्नु पर्यो ।

त्यो छ नि वालवालिकाको लागि मैले लेखेको हो गीत हो नि ।

“आईतवार बिहानै आमासित उठे म
सोमवार बिहान घामसित उठे म”,

हो यो गीत मैले नै लेखेको हुँ । वुढानिलकन्ठमा ३० वर्ष पढाएँ । तत्कालिन युवराज दीपेन्द्र र निराजन मेरा विद्यार्थी थिए । दीपेन्द्र बहुतै तेज, निराजन ठीकै तर बहुत सोझो ।

हामीसंग अहिले पनि परिमार्जित वाल साहित्य छैन । त्यसैले वाल साहित्य लेखनमा लागेको लतलाई सुस्ताउन नसक्ने भएँ । लेखनमा एक प्रकारको लगाव बस्ने रहेछ र लगाव भएन भने सिर्जनात्मक कुराहरु पनि नआउने रहेछन् त्यसैले मैले लगाव लगाई राखें र अहिले पनि वा साहित्यको रचनामा लागिपरेको छु ।

मेरा विद्यार्थीहरु संसारभरी छाएका छन् । ठुला ठूला पदमा पुगेका छन् । सुरक्षा सेवामा पुगेका पुस्कर कार्कि मेरै विद्यार्थी हुन, कोहि डाक्टर छन्, अहिलेका उद्योग मन्त्री मेरै विद्यार्थी हुन । कति मन्त्री भईसके । पोखराका संचार, केवल नेटवर्क व्यवसायी देव क्षेत्री, डा.दीनेश प्रसाई मेरै विद्यार्थी हुन । जहाँ गए पनि म मेरा विद्यार्थीसंग भेट भएको बेलामा खुबै रमाउने गर्छु उनिहरुको प्रगति देखेर ।

म प्राज्ञ सभामा पुगेको छु । त्यहाँ खासै भूमिका छैन । तर नीति निर्माण गर्ने, वार्षिक वजेट पास गर्ने लगायतका केहि काम हुन्छन् र अरु परिषदले काम गर्दछ । प्रज्ञा प्रतिष्ठानमा वाल साहित्यको एउटा विभाग रहेको छ । डा.देवी नेपालले हेर्नु भएको छ । यो वर्ष पत्रिका पनि निस्केको छ । विभिन्न कामहरु भईरहेका छन् ।

म धेरेजसो पद्यमा कविता लेख्छु तर गद्यमा पनि लेख्छु । मेरो गद्य कविता कमिनि आमा छ । पंचायतको बेलामा राजिव नामबाट तीन वटा किताव निकाले । गंगा कविता संग्रह पद्यमा छ र झस्किएको सिंदुर पनि पद्यमा छ । तपाँईलाई कुनै कविता याद आउँछ ? छ भने कुन होला ? भन्दा सुवेदीले सुनाउनु भयो :-

(पोखरा …)

मेरो सानो उपवन सधैं मुस्कुराईरहन्छ
सेरोफेरो मगमग हुने वायु मात्रै वहन्छ ।

झरना छाँगा चौर हरिया सिर्जनाको कलामा
ल्यायो कस्ले सवरतिरको पोखरा पोखरामा ।

मेरो यात्री प्रगतिपथको प्रात दैलो उघार
फेवा हास्लि मिलन गहिरो भेटमा एक वार ।

डुंगा तार्ने नव युवतीको प्रेमलिला पवित्र
तन्नेरी हो भ्रमण गरिदेउ पोखरा स्वर्गभित्र ।

यहिं छायाँको मुनि कति मीठो भनुले गीत गाए
नेपालीको तीलदिल पसि शान्ति वंशी वजाए ।

माछापुच्छ्रे खुच किन नहोस् मुस्कुराई रहन्छ
बग्छिन सेती कुलवुल जहाँ दूध मात्रै बहन्छ ।

कवितामा पोखराको यति राम्रो बयान गर्नुभयो, उसो भए तपाँईले जन्म गाउँ हंशपुरको निकै याद आउँछ होला हैन ? हो मलाई निकै याद आउँछ । म पोखराको अमरसिंहमा रहेको त्यो बेलामा सोल्जर्स वोर्डिङमा पढेको हुँ, २०१४ मा पाँच कक्षा देखि शुरु अनि २०२० सालसम्म पढं । पोखरा र हंशपुरले नै मलाई रामबाबु सुवेदी बनाएका हुन । यहाँको माया, प्रकृति, संस्कृति जहाँ गएपनि र रहेपनि मसंगै छ ।

एसएलसि गरेपछि म अध्ययनको लागि काठमाडौं पुगें त्रिचन्द्र कलेजमा । त्यो बेला खगेन्द्र संग्रौला, म लगायतका साथीहरुले नेपाली अनर्स पढ्यौं । त्यसपति यूनिभर्सिटितिर लागियो ।
पहिले मैले फर्पिङमा पढाएँ दक्षिणकालीमा । २०३६ सालमा म वुढानिलकन्ठमा पढाउन पुगे । म राजनीति पनि गर्थें । त्यो समय २०३६ सालको बहुदल र निर्दलको समयमा मलाई सस्पेन्ड गरियो र काठमाडौं बोलाईयो । त्यसपछि ३० वर्षसम्म वुढानिलकन्ठमा पढाएँ । त्यो समयमा मैले युवराजधिराज दीपेन्द्रलाई पनि पढाएँ । उनि एकदम तिक्ष्न वुद्धि भएका र बहुआयामिक प्रतिभा भएका विद्यार्थी थिए । दीपेन्द्र एकदम असाधारण मान्छे, पढाई तेज थिए । निराजनलाई पनि पढाएँ तर उनि केहि कमजोर थिए पढाईमा तर एकदमै सोझो विद्यार्थी थिए । पढाउँदै गर्दा दीपेन्द्र ईटन केलेजमा पढ्न जाने निधो भएपछि वुढानिलकन्ठले मलाई वेलायत नै गएर पढाउन पठायो । त्यहाँ गएर दुई वर्ष नेपाली विषय पढाएँ ।कुरा के रहेछ भने त्यहाँ नेपाली पढाउनु पर्ने । ओ लेभलमा क्याम्ब्रिजको पाठ्यक्रममा नेपाली विषय त थियो । ईटन कलेजले पढाउन नसक्ने भएपछि मलाई पठाईयो र मैले पढाएको हो ।

“जीवन के रहेछ ? जीवन एउटा संघर्ष हो, यो अविरल हुनुपर्छ तर थाक्नु हुँदैन । एकदमै काम गर्नुपर्छ, जाँगर चलाउनु पर्छ, परिश्रम गर्नुपर्छ, जीवनको उसपार केहि हुँदैन, जे हो यसपार नै हो, यहि जीवन नै केहि हो, केहि न केहि गर्नुपर्छ ।”

अहिले मैले कविता संग्रह, ठूल साहित्यमा कविता संग्रह गर्दैछु । वालवालिकाको लागि गीत, कविता र चीत्र संगैका रचना भएका पाँच पुस्तक प्रकाशनको तयारीमा रहेका छन् । वाल मनोविज्ञानमा आधारीत रचना छन् । फेरी वाल साहित्य कस्तो छ भने, चीत्रबिना कल्पना गर्नै सकिदैन र हुँदैन पनि । चीत्र देख्ने बित्तिकै वालवालिकाले एउटा दृष्टिकोण बनाउँछन् र उनिहरु चीत्रसंगै रमाउँछन् र त्यतिबेला चीत्रको माध्यमबाट लेखेको कुरालाई सजिलै बुझ्छन् ।

तपाँईको खासमा भन्दा राजनीतिक धार कुन हो ? मेरो समय २० देखि ३० वर्षसम्मको अध्ययनको समय राजनीतिमा बित्यो । त्यसपछि अध्यापन संगसंगै प्रगतिशिल चेतको धारमा उभिएँ । जुन साहित्यले समाजमा परिवर्तन गर्छ, समाजमा आमूल परिवर्तनको तत्वलाई साहित्यमा राख्दछ, त्यो नै प्रगतिशिल साहित्य हो । परम्परावादी, देवता, भगवान, स्वर्ग जाने जस्ता कुराहरु भएको प्रगतिशिल साहित्य होईन किनकी त्यस्ले जीवनलाई अलमल्याउँछ । हो त्यो अप्रगतिशिल साहित्य हो । जीवन त बाँचेको जीवन नै सच्चा हो नि । काल्पनिक पनि कँहि वास्तविक जीवन हो र ? त्यसमा सत्यता हुँदैन । जीवनलाई सहि बाटोमा डोर्याउने साहित्य नै वास्तविक साहित्य हो ।

यति नै गरौं होला यसपालि पोखरामा तपाँईसंगको जम्काभेटको भलाकुसारी है ? “आफ्नो भूमिमा मैले बहुत मायालु संचार साथ पाएँ म निकै खुसि भएको छु ।”

भिडियोको लागि लिंक क्लीक गर्नुहोला ।https://www.facebook.com/onlineannapurna/videos/553015328644313/

Facebook Comments