५.०० सम्म :भट्टराईको अग्रता र मतान्तर -८ हजार ५३२

पोखरा, १५ मंसिर-८ वटा वडाहरुको मत गणना गरिसक्दा नेकपाकि उम्मेदवार बिद्या भट्टराईले २० हजार ७८७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २५५ मत प्राप्त गर्नुभएको छ । भट्टराईको पौडेलसंगको मतान्तर ८ हजार ५३२ रहेको छ ।

अहिलेसम्म पोखरा महानगरपालिका वडा नम्बर ३३, २१, २०, १७, १६, १५, ९ र ११ को मत परिणाम सार्वजनिक भईसकेको छ ।

Facebook Comments