५ न. प्रदेशले जित्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि

सन्देश श्रेष्ठ पोखरा, फागुन २२

सहाना प्रधान स्मृति दोश्रो महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नम्बर ५ ले जितेको छ । पोखरामा विहीबार सम्पन्न प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मीलाई ० का बिरुद्ध १ गोलले हराउँदै ५ नम्बर प्रदेशले उपाधि जितेको हो । बिजेता ५ नम्बर प्रदेशले उपाधिसहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित भएको नेपाली सेनाको त्रिभूवन आर्मीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विहीबार भएको उपाधि भिडन्तमा ५ नम्बर प्रदेशले रोमाञ्चक जित हात पा¥यो । ५ नम्बर प्रदेशबिरुद्ध सँधै हाबी हुँदै आएको आर्मी अन्तिम २ मिनेट सम्हालिन नसक्दा उपाधि रक्षा गर्न सकेन । ५ नम्बर प्रदेशकी सुशी कुमारीले निर्णायक गोल गरिन् ।प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तृतीय स्थान हासिल ग¥यो । सुदूरपश्चिमले आयोजक गण्डकी प्रदेशलाई २ का बिरुद्ध ४ गोलले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । तृतीय भएको सुदूरपश्चिम प्रदेशले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा ५ नम्बर प्रदेशकी सुशी कुमारी सर्बोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै सर्बाधिक गोलकर्तामा गण्डकी प्रदेशकी देविका विक, उत्कृष्ट गोलकिपरमा सुदूरपश्चिम प्रदेशकी करुणा दर्लामी र उदीयमान खेलाडीमा गण्डकी प्रदेशकी सोनु बराल उत्कृष्ट घोषित भए ।प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सांसद तथा लेखा समिति सभापति कुमार खड्का, नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का, खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments