४.३० सम्म :भट्टराईको भारी अग्रता, मतान्तर ८ हजार ७९८

पोखरा, १५ मंसिर-७ वटा वडाहरुको मत गणना गरिसक्दा नेकपाकि उम्मेदवार बिद्या भट्टराईले १९ हजार १५७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १० हजार ३५९ मत प्राप्त गर्नुभएको छ । भट्टराईको पौडेलसंगको मतान्तर ८ हजार ७९८ रहेको छ ।

अहिलेसम्म पोखरा महानगरपालिका वडा नम्बर ३३, २१, २०, १७, १६, १५ र ९ को मत परिणाम सार्वजनिक भईसकेको छ ।

Facebook Comments