४१ औं विश्व पर्यटन दिवस पोखरामा पनि मनाइयो फेवाताल संरक्षणमा केन्द्र सरकारले चासो नदिएको मुख्यमन्त्री गुरुङको गुनासो

दीननाथ बराल पोखरा ११, असोज

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले केन्द्र सरकारले फेवाताल संरक्षणमा खासै चासो नदिएको गुनासो गरेका छन्। ४१ औं विश्व पर्यटन दिवसको अवसरमा पोखराको फेवाताल अवलोकन पश्चात आइतबार मुख्यमन्त्री गुरुङले फेवाताल संंरक्षण गर्न संघिय(केन्द्र) सरकारले खासै ध्यान नदिएको कारण सर्वोच्चको फैसला कान्वयन गर्न नसकिएको बताएका हुन्।

प्रदेश र स्थानिय सरकारले चाहेर पनि हाल सिमाङकनको बिषय नटुंगिएकोले आफुहरुले चाहेर पनि फेवातालको संरक्षण गर्न नसकेको मुख्यमन्त्री गुरुङको भनाई थियो । उनले भने “फेवाताल संरक्षणको बिषयमा धेरै आयोगहरु बने तर हालसम्म कान्वयन भएको छैन, फेवाताल नेपालकै एउटा महत्वपूर्ण ताल भएकोले गर्दा पोखरा महानगरले जुन रुपमा फेवाताल संरक्षणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको छ सोही अनुरुप काम अब गर्नु पर्छ, संघिय सरकारले फेवातालको महत्व बुझ्नु पर्यो । ” यसै चालु आर्थिक बर्ष भित्र सिमाङकनको बिषयमा टुंगिने त्यस पछि मात्र मास्टर प्यान बनाएर ताल संरक्षणमा आफुहरु लाग्ने योजना रहेको मुख्यमन्त्री गुरुङले दाबी गरे । तालको १६ किलोमिटर पेरी फेरीमा फुट ट्याक बनाउने, साइकल ट्याक लगायतका सम्भावनाहरुको खोजि हुने भएको उनले जनाए । नेपाल ट्रसको सम्पक्ति प्रदेश सरकार र महानगरलाई दिनु पर्ने उनले माग गरे ।

मुख्यमन्त्री गुरुङले आवश्यक स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै आर्थिक कृयाकलाप चलायमान बनाउन अब पर्यटकीय गतिविधि संचालन गर्नु पर्नेमा जोड दिए । उनले भने “ अब हामी कोरोनासंग सामना गर्दै हाम्रो आर्थिक कृयाकलाप चलायमान बनाउनुको विकल्प छैन, कोरोनाबाट धेरै डराउनु पनि पर्दैन, स्वास्थ्य मापदण्डका कुरालाई ख्याल गर्दै अघि बढाउनु पर्छ, यसको लागि प्रदेश सरकारले कहाँ के गर्नु पर्यो त्यो गर्न तयार छ । ” नेपालीहरुको महान चार्ड पर्व नजिकै आउदै गरेकोले आन्तरिक पर्यटन प्रबद्र्धन हुने गरी आशा वादी हुन व्यवसायीहरुलाई उनले आग्रह गरे ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, पोखरा महानगरका मेयर मानबहादुर जिसी, अग्रज पर्यटन व्यवसायी सहितकाको सहभागिता भएको संघका अध्यक्ष हरि बहादुर भुजेलले बताए ।सेप्टेम्बर २७ तारिख अर्थात विश्व पर्यटन दिवसको अवसरमा देशै भरी विभिन्न पर्यटकीय गतिविधि संचालन गरिएको थियो । त्यसै गरी पर्यटन मन्त्रालयले भिडियो कन्फरेन्स मार्फत पर्यटन सम्बन्धि अन्तरकृया कार्यक्रम समेत गरेकोे छ । कोरोनाको कारण यस बर्ष को पर्यछटन दीवसमा धेरै पर्यटकीय गतिविधि नभएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताए ।

Facebook Comments