४०० पर्यटक कोहि गुडेर, कोहि उडेर पोखरा–काठमाडौं, ९ जना पर्यटन क्षेत्रमै घुम्दै

आरजू/अनलाइनअन्नपूर्ण-पोखरा, चैत्र १५

पोखरा र अन्नपूर्ण पदमार्ग घुमेर फर्किएका ४०० पर्यटकलाई सुरक्षित सुरक्षित तवरले बस र प्लेनबाट काठमाडौं पठाईएको छ ।

अन्नपूर्ण यात्रामा गएका ५१ विदेशी तथा १५ नेपालीसहित ६६ जनालाई घान्द्रुक छोम्रोङका पर्यटन तथा होटल व्यवसायीले पोखरासम्म शकुसल ल्याएका हुन भने ९ जना घुमघामकै क्रममा रहेका छन् । केहिलाई पोखराका पर्यटन व्यवसायीले आफ्नो गाडीबाट पोखरा ल्याएका हुन् ।

६६ जनालाई एउटै बसले दोहोरो आवतजावत गरेर उनिहरुलाई पोखरासम्म ल्याएको हो । शुक्रवार पर्यटन व्यवस्थापन समिति घान्द्रुक, छोम्रोङ, टाडापानी, एक्यापका कर्मचारी, घान्द्रुक प्रहरी, वडा नं ११ का अध्यक्ष हिम गुरुङको सक्रियतामा उनिहरुलाई पोखरा ल्याईएको हो भने केहिलाई पर्यटन गाडीबाट ल्याईएको थियो ।

होटल समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङका अनुसार लकडाउनको समयमा पदयात्रामा गएका पर्यटकहरुको सुरक्षाका लागि घान्द्रुक छोम्रोङ, टाडापानीका पर्यटन तथा होटल व्यवसायी ईन्द्रमणी जैसी, जगदीश गुरुङ, अमृत गुरुङ, मनोज गुरुङ, मिकास गुरुङ, सहदेव गुरुङ, कृष्ण गुरुङ, सुवासचन्द्र गुरुङ, सन्तोष गुरुङ र विनोद घलेको सहयोगमा अन्नपूर्ण बेस क्याम्प देखि छोम्रोङ, घान्द्रुक हुँदै पोखरासम्म ल्याईएको हो ।

यसका लागि क्षेत्रीय होटल होटल संघ गण्डकीका अध्यक्ष विकल शेरचन तथा पर्यटन परिषद पोखराका अध्यक्ष चिरञ्जीवि पोखरेलले सहजिकरण गर्नुभएको थियो । उहाँहरुका अनुसार सबैको सहारा हस्पिटलमा स्वास्थ्य, ज्वरो जाँच गराएर लेकसाईडमा रहेका विभिन्न होटलमा व्यवस्थापन गरिएको थियो ।

विदेशी र नेपालीसहित ९ जना पर्यटन क्षेत्रमै

होटल समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले घान्द्रक छोम्रोङमा अझैं विदेशी र नेपालीसहित ९ जना रहेको रेडियो अन्नपूर्णलाई जानकारी दिनुभएको छ । छोम्रोङमा हङकङ र चाईनिज पर्यटक २ जना, दोभानमा १ यूरोपियन पर्यटक र भारिया तथा गाईड, किम्चे घान्द्रुकमा गोन्जाउ चाईनाका २ जना र काठमाडौंबाट प्राईभेट गाडीमा घुम्न गएका २ जना गरि ९ जना रहेका छन् । उनिहरु पर्यटन क्षेत्रमा घुमघाममा रहेका छन् ।

तीन दिनमा ४०० पर्यटकलाई पोखराबाट काठमाडौं पठाईयो

यसैबीच, शनिवार, शुक्रवार र बिहिवार गरि पोखराबाट ९ वटा बस र प्लेनमा गरि ४०० पर्यटकलाई स्वास्थ्य जाँच सहित मास्क लगाएर सुरक्षित तवरले काठमाडौं पठाईएको पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जिवी पोखरेलले बताउनु भयो ।फोटो सौजन्यः चीरञ्जिवी पोखरेल, पोखरा पर्यटन परिषद अध्यक्ष

Facebook Comments