३६ नयाँ थपिए, नेपालमा कोरोनाभाइरस संक्रमित संख्या ५८४, पीसीार/आरडीटीबाट १ लाख ३२ हजार वढी परिक्षण(video)

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.10

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.10#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, May 23, 2020

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १०

विश्वव्यापी कहर बनिरहेको कोरोनाभाइरस संक्रमण कहर नेपालमा पनि परिरहेको छ । गएको चैत्र ११ गतेदेखि देश लकडाउनको अवस्थामा रहेको छ भने पछिल्ला दिनमा संक्रमितको संख्यामा पनि वृद्धि भईरहेको पाईएको छ ।

शनिवार नेपालमा कोरोनाका ३६ जना संक्रमित थपिएपछि संक्रमितको कुल संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङको क्रममा जानकारी दिनुभयो ।

नयाँ थपिएका संक्रमतिहरु बाँके जिल्लाका २७ जना रहेका छन् भने बैतडीका ४, बर्दियाका १, झापाका १ र सुर्खेतका ३ जना रहेका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । बाँके नरैनापुरका २७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कोेभिड १९ संक्रमणको पुष्टि भएको हो । उनिहरु १७ वर्ष देखि ३२ वर्षका रहेका छन् भने नरैनापुरस्थित मदरसाका ६ जना, नरैनापुरका ३ तथा राष्ट्रिय मावि गेगलीको संकलित नमूना परिक्षणमा १६ देखि ३२ वर्ष उमेर समूहका १५ जनामा कोभिड १९ पुष्टि भएको हो ।

नरैनापुर वडा नं १ मा ६ जनामा पनि संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुको उमेर समूह २२ देखि ५० वर्ष रहेको छ । उता सेती अस्पतालमा भएको परिक्षणमा शिवनाथ गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण देखिएको छ । उनिहरु २०, २०, २२ र २७ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै पूर्व कोेशी अस्पतालमा गरिएको परिक्षणमा झापा गाउँपालिकाका ३३ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ । यस्तै देवकोटाका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा २ पुरुष तथा १ महिलामा संक्रमण पोजेटिभ देखिएको छ भने बर्दियाका एक १९ वर्षिय पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको पछिल्लो तथ्यांकका अनुसार पीसीआर विधिबाट ४५ हजार ९६० जनाको परिक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार २३५ जनाको परिक्षण गरिएको छ । दुवैगरी १ लाख ३२ हजार १९५ जनाको परिक्षण भईसकेको छ ।

देशभर ३२ हजार ५८७ जना क्वारेन्टाईनमा रहेका छन् भने ५११ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments