३० नयाँ थपिए, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, १ लाख १७ हजार वढिको परिक्षण

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०९

कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान गरेको अध्यावधिक विवरणका अनुसार कोभिड १९ पुष्टि भएकाहरुको संख्या ४८७ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चीतवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ३० रहेको छ ।

संक्रमितहरु नवलपारासरी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका ५ केसरबाघ, चीतवन निवासी ७४ वर्षिय पुरुष र ७३ वर्षिया महिला रहेकि छन् ।

यस्तै नवलपारासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षका दुई पुरुष र एक १५ वर्षिया महिला रहेकि छन् । कपिलवस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुषहरु र ८ वर्षिया वालिका रहेकि छन् ।

यस्तै सर्लाही, गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामग्राम बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८ र ३९ वर्षिय पुरुष र एक १८ वर्षिया महिला रहेकि छन् ।

संक्रमितको हालसम्मको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु सबै स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिललो तथ्यांकका अनुसार ३८ हजार ७७० जनाको पीसीआर परिक्षण गरिएको छ भने ७८ हजार ६९५ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको छ । दुवै परिक्षण गरि हालसम्म १ लाख १७ हजार ४६५ जनाको परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ३८ हजार २८३ जनाको पीसीआर परिक्षण नेगेटिभ देखिएको छ । देशभर २५ हजार ३० जना क्वारेन्टाईनमा रहेका छन् भने ४०१ जना आईसोलेसनमा रहेका छन् । अहिलेसम्म ४९ जना निको भएका छन् भने आज यो संख्या वढ्ने देखिएको छ । नेपालगञ्जमा पहिलो संक्रमितसहित २१ जना डिस्चार्जको प्रक्रियामा रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने शुक्रवार बिहानको अध्यावधिक विवरण अनुसार संक्रमितको संख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

Facebook Comments