२ जना थपिए गण्डकी प्रदेशमा, संक्रमितको संख्या १९

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १६

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण भएकाहरुको संख्या १९ पुगेको छ ।

आज बिहान गरीएको अध्यावधिक विवरण अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला, देवचुली नगरपालिका ठेगाना भएका सोहि नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा १९ र २१ वर्षका दुई जना पुरुष रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । दुवै जनालाई नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु जिल्ला अस्पतालमा लगिदैं छ । पछिल्ला दुईसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको हो ।

गण्डकी प्रदेशमा हालसम्म आरडीटी परिक्षण ७ हजार ९५० जनाको गरिएको छ । २ हजार ४४३ वटा नमूना संकलन गरिएकोमा २ हजार ३१८ जनामा संक्रमण देखिएको छैन भने १०६ जनाको नतिजा आउन बाँकि रहेको छ । १९ जनामा संक्रमण देखिएको छ र दुईजना यसअघि नै निको भईसकेका छन् ।

Facebook Comments