२५८ जना पुगे कोरोनाभाइरस संक्रमित, काठमाडौं र नेपालगञ्जका नयाँ ९ जना थपिए, ८५ हजारको परिक्षण

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०२

शुक्रवार बिहान काठमाडौं र बाँके, नेपालगञ्जका ९ जना कोरोनाभाइरसका नयाँ संक्रमित पुष्टि भएपछि नेपलामा संक्रमित हुनेको संख्या २५८ पुगेको छ ।

बिहान अध्यावधिक गरिएको विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणमा नयाँ पुष्टि भएको संख्या ९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

उनिहरुमा मकवानपुर निवासी ३७ वर्षिय पुरुष र बाँके, नेपालगञ्ज नैनापुर वडा नं १, ३ र ५ का १८, २०, २५, २५, २५, २७, ३२, ३६ वर्षिय सबै पुरुष रहेका छन् । उनिहरुको अहिले सम्मको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सबैजना स्वास्थ्यकर्मिको निगरानीमा रहेको डा.अधिकारी बताउनु भएको छ ।

८५ हजार को कोरोनाभाइरस संक्रमण परिक्षण

यसबैबीच, कोरोनाभाइरस संक्रमण सम्वन्धि नेपालको पछिल्लो विवरण अनुसार २२ हजार ६७३ जनाको पीसीआर परिक्षण गरिएको छ भने ६२ हजार ३२७ जनाको आरडीटी परिक्षण गरिएको छ । दुवै गरेर नेपालमा हालसम्म ८५ हजार को कोरोनाभाइरस संक्रमणको परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणमा हालसम्म २२ हजार ४२१ जनाको नतिजा नेगेटिभ देखिएको छ । क्वारेन्टाइनमा १५ हजार ६०० जना बसेका छन् भने २७२ जना आईसोलेसनमा रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments