२१२ मध्य ७ देश कोरोना मुक्त, ग्रीन जोनमा, विश्व-४१ लाख ९५ हजार संक्रमित, २ लाख ८४ हजारको मृत्यु

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २९

कोरोनाभाइरसको संक्रमण भएका विश्वका २१२ देश मध्य ७ वटा देश कोरोना मुक्त हुँदै ग्रीन जोनमा परेका छन् । कोरोनामुक्त भएर ग्रीन जोनमा परेका देशहरु एंगुलीया, सेन्ट वर्थ, पपुवा न्यूगिनी, ग्रीनल्याण्ड, फकल्याण्ड आईल्याण्ड, फारो आईल्याण्ड्स र न्यू क्यालेडोनिया रहेका छन्

  1. एंगुलियामा ३ जनामा संक्रमण भएको थियो भने तीनै जना निको भएका छन् ।
  2. सेन्ट वर्थमा ६ जनामा संक्रमण भएकोमा सबैजना निको भईसकेका छन् ।
  3. पपुवा न्यू गिनीमामा ८ जना संक्रमित भएकोमा सबै निको भएका छन् ।
  4. ग्रिनल्याण्डमा ११ जना संक्रमण भएकोमा सबै निको भएका छन् ।
  5. फकल्याण्ड आइल्याण्डमा १३ जनामा संक्रमण भएकोमा सबै निको भएका छन् ।
  6. फारो आईल्याण्ड्स १८७ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन्
  7. र न्यू क्यालेडोनियामा १८ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।

कोरोनामुक्त भएर ग्रिन जोनमा परेका यि ७ देशहरुमा कसैको मृत्यु भएको छैन ।

विश्वमा ४१ लाख ९५ हजार संक्रमित, २ लाख ८४ हजारको मृत्यु

विश्वभर आज नयाँ संक्रमणका केस १७ हजार ५ वटा थपिएका छन् । २८८ जनाको मृत्यु भएको छ । यो संगै अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ८४ हजार २२ पुगेको छ ।

कोरोनाभाइरसबाट विश्वभर संक्रमण हुनेको संख्या हालसम्म ४१ लाख ९५ हजार १५९ पुगेको छ । जसमध्य २४ लाख ११ हजार २०८ जनामा संक्रमण सक्रिय देखिएको छ । २३ लाख ६४ हजार १७३ को अवस्था सामान्य भईरहेको छ, जो ९८ प्रतिशत हो । संक्रमित मध्य ४७ हजार ३५ जनाको अवस्था गम्भिर रहेको छ । प्रतिशतमा यो २ प्रतिशत हो ।

अमेरिका :१३ लाख ६७ हजार ९६३ जनामा संक्रमण, ८० हजार ७८७ जनाको मृत्यु

संयुक्त राज्य अमेरिका सबैभन्दा वढि कोरोनाभाइरसको महामारी फैलिएको देश हो । त्यहाँ १३ लाख ६७ हजार ९६३ जनामा संक्रमण भएको छ । अहिलेसम्म ८० हजार ७८७ जनाको मृत्यु भएको छ । २ लाख ५६ हजार ३३६ जना निको भएका छन् भने ९४ लाख ४४ हजार ५२५ जनाको परिक्षण गरिएको छ ।

स्पेनमा २ लाख ६४ हजार ६६३ जनामा संक्रमण भएको छ । २६ हजार ६२१ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ४३९ जना निको भएका छन्
रसियामा २ लाख २१ हजार ३४४ जनामा संक्रमण भएको छ । २ हजार ९ जनाको मृत्यु भएको छ भने ३९ हजार ८०१ जना निको भएका छन् । आज रसियामा ११ हजार नयाँ संक्रमित थपिएका छन् भने ९४ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख १९ हजार १८३ जनामा संक्रमण भएको छ । ३१ हजार ८५५ जनाको मृत्यु भएको छ ।

ईटालीमा २ लाख १९ हजार ७० जना संक्रमित भएका छन् । ३० हजार ५६० जनाको मृत्यु भएको छ । १ लाख ५ हजार १८६ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ७६ हजार ९७० जना संक्रमित भएका छन् । २६ हजार ३८० जनाको मृत्यु भएको छ भने ५६ हजार २१७ जना निको भएका छन् ।
ब्राजिलमा १ लाख ६२ हजार ६९९ जना संक्रमित रहेका छन् । ११ हजार १२३ जनाको मृत्यु भएको छ भने ६४ हजार ९५७ जना निको भएका छन् ।

टर्किमा १ लाख ३८ हजार ६५७ जना संक्रमित भएका छन् । ३ हजार ७८६ जनाको मृत्यु भएको छ भने ९२ हजार ६९१ जना निको भएका छन् ।
इरानमा १ लाख ७ हजार ६०३ जनामा संक्रमण भएको छ । ६ हजार ६४० जनाको मृत्यु भएको छ भने ८६ हजार १४३ जना निको भएका छन् ।
एशियाली देश भारतमा ६७ हजार २५९ जना संक्रमित भएका छन् । २ हजार २१२ जनाको मृत्यु भएको छ भने २० हजार ९६९ जना निको भएका छन् ।
पाकिस्तानमा ३० हजार ९४१ जनामा संक्रमण भएको छ । ६६७ जनाको मृत्यु भएको छ भने ८ हजार २१२ जना निको भएका छन् । श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments