१ लाख ३ हजार ३९३ निको, विश्वभर ३ लाख ९२ हजार ३३६ केस, मृतकको संख्या १७ हजार १४७ पुग्यो

आरजू÷अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र ११

विश्वभर कोरोनाभाइरसबाट प्रभावितहरुको संख्या मंगलबार बेलुकासम्म ३ लाख ९२ हजार ३३६ पुगेको छ । १३ हजार ५५४ नयाँ केस थपिएका छन् र मृत्यु हुनेको संख्या १७ हजार १४७ पुगेको छ ।

मंगलवार बेलुकासम्म आउँदा १ लाख ३ हजार ३९३ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । विश्वभर २ लाख ७१ हजार ७९६ वटा कोरोनाभाइरस संक्रमित सक्रिय केसहरु रहेका छन् भने २ लाख ५९ हजार ६२३ जनाको अवस्था सामान्य रहेको छ । १२ हजार १७३ जनाको अवस्था गम्भिर रहेको छ ।

आजसम्म कोरोनाभाइरस विश्वका १९६ देशमा फैलिएको पाईएको छ भने यो समाचार तयार पार्दासम्म विश्वभर २९ देशमा ६४० जनाको मृत्यु भएको छ भने नयाँ केस १३ हजार ५५४ थपिएका छन् ।

आज कुन देशमा कतिको मृत्यु ?

चाईना ७
अमेरिका २९
स्पेनमा ३८५
जर्मनी ७
इरान १२२
दक्षिण कोरिया ९
बेल्जियम ३४
स्वीडेन ६
डेनमार्क ८
अस्ट्रेलिया १ थाइल्याण्ड ३
मेक्सिको १
पाराग्वे १
लगायतका २९ देशमा गरि आज ६४० जनाको मृत्यु भएको वल्र्ड ओ मिटर्स डट इन्फोले जनाएको छ ।

Facebook Comments