१८ औं संस्करणको आहा ! रारा गोल्डकप फागुन २२ गतेदेखि चैत्र १ सम्म पोखरा रंगशालामा(video)

अनलाइनअन्नपुर्ण/पोखरा माघ १९

गण्डकी प्रदेशको बहुप्रतिष्ठित फुटवल प्रतियोगिता १८ औं संस्करणको आहा ! रारा गोल्डकप २०७६ फागनु २२ देखि चैत्र १ सम्म पोखरा रंगशालामा आयोजना गरिने भएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने मूल उदेश्यसहित सहारा क्लव पोखराले राष्ट्रिय/अन्तराष्ट्रिय अन्तर क्लव स्तरिय आमन्त्रित आहा ! रारा गोल्डकपको १८ औं संस्करणको बारेमा आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

क्लवका अध्यक्ष केशव बहादुर थापाले प्रतियोगिताको लागि अनुमानित ९९ लाख ३८ हजार ५ सय खर्च हुने र आम्दानी १ करोड १८ लाख १ हजार हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

क्याराभान गोल्डकपसहित १९ वर्षदेखि निरन्तर संचालन गर्दै आएको गोल्डकपबाट क्लवले संचालन गरिरहेको सहारा फुटवल एकेडेमि संचालनको लागि रकम खर्च गर्दै आएको छ । हाल तेश्रो व्याचको रुपमा एकेडेमिमा १५ जिल्लाका २४ जना वालक आश्रित छन् ।

प्रतियोगिताको पुरस्कारको बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी दिईनेछ, अध्यक्ष थापाले भन्नुभयो :“अखिल नेपाल फुलवल संघले यसका बारेमा मापदण्ड बनाएको छ, यो छलफलकै क्रममा रहेकोले तत्काल घोषणा नगरिएको हो तर हामीले आकर्षक पुरस्कार घोषणा गर्ने छौं र टीम राम्रो ल्याउने प्रयास गरिरहेका छौं ।”

२०७० सालदेखि क्वले पोखरा वडा नं १७ स्थित दोविल्लामा रहेको एकेडेमिमा  रहेका वालकको लागि आवासिय रुपमा निःशुल्क शिक्षा, स्वास्थ्य तथा फुटवल प्रशिक्षण दिदैं आएको छ । प्रतियोगितामा दुई विदेशी टीम, आयोजक सहारा तथा अन्य चर्चित क्लवसहित १० टीमको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

कार्यक्रममा सहारा यूकेका महासचिव धनु थकाली, सहारा क्लव अष्ट्रेलीयाका अध्यक्ष राजमान थकाली, मुख्य प्रायोजक हिमश्री फुड्समा निर्देशक प्रकाश केशी लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०५५ सालमा स्थापित सहारा क्लवले पहिलो संस्करणबाटै प्रतियोगिताको लागि प्रायोजकको बलियो साथ पाएकोले यहाँसम्म आईपुगेको बताएको छ । पोखराको व्यवसायीक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लीको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजकको रुपमा रहँदै आएको छ । दोश्रो पुरस्कारको लागि हिमाअस एजुकेशन कन्सल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संचालक समिति रहेको छ ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल स्पोर्ट वेयर पार्टनर एक्स टेप, अफिसियल बैंक लुम्विनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रयोजकमा रोयल इन्फिल्ड बुलेट बाईक रहेको छ । यस्तै सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ, फिसियल पानी ईको पानी, अफिसियल एयरलाईन्स बुद्ध एयर, हस्पिटलमा गण्डकी मेडिकल कलेज र होटल पार्टनरमा होटल वेयन भेनु रहेको छ ।

महासचिव रामजीप्रसाद अधिकारीले गण्डकी प्रदेश सांसद राजीव गुरुङबाट ५० हजार, समाजसेवी गणेश शर्माबाट ५० हजार १५१ रुपैया नगद सहयोग प्राप्त भएको बताउनु भयो । प्रतियोगिताको लागि मुग्लान रेष्टूरेण्ट, वल्र्ड लिंक, सिताज, बाबा फाउण्डेशन, राष्ट्रिय खेलकुल परिषद, अखिल नेपाल फुटवल संघ, पश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटवल संघ सहयोगि संस्था रहेका छन् ।

यस्तै सहारा यूके, सहारा क्लव हङकङ, सहारा क्लव अष्ट्रेलिया लगायतको विशेष सहयोगमा क्लवले प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताको आकर्षणको रुपमा रहेको निर्णायक ट्रफि, वेष्ट अफ फाईभ ट्रफि, म्यान अफ दि म्याच ट्रफि, सर्वोत्कृष्ट खेलाडी ट्रफि, फेयर प्ले ट्रफि, मेडल लगायत प्रत्येक दिन म्यान अफ दि म्याचको लागि ५ हजार नगद पुरस्कार रकम सहारा यूकेले उपलव्ध गराएको छ ।

सहारा क्लवले प्रतियोगिताको माध्यमबाट पर्यटकिय शहर पोखरालाई स्पोर्ट हबको रुपमा परिचित गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ । साथै खेलाडीको लागि खेल कलाकौशल प्रस्तुत गर्ने मौका भएको बताएको छ ।

यसैबिच क्लवले प्रतियोगिता अवधिभर कुनै प्रकारको बन्द, हड्ताल, चक्काजामका कार्यक्रम नगरिदिन सम्पूर्ण राजनीतिक दल, भातृ संगठन, संघ, संस्था सबैमा अनुरोध गरेको छ ।

फोटोःसुदर्शन रञ्जित
Facebook Comments