१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदैको मनाङ फाइनलमा

पोखरा फाल्गुन २९

१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदैको मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पबेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३(२ गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो ।

मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए ।

अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Facebook Comments