१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

पोखरा फाल्गुन २८
पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मा साविक विजेता थ्री स्टार क्लबलाई ३(० गोलकोे अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे । यस्तै भरत शाहले एक गोल थपे।साविक विजेताविरुद्ध खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । दुवै गोल निर कुमारको नाममा रह्यो ।खेलको ५१ औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । खेलको ७२ औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३(० को सहज जित दिलाए । अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments