१८ औं आहा ! रारा गोल्ड कप-आयोजक सहारा र ब्रिगेड ब्वाइजको पहिलो भेटमा जित्ने दाबी

अनलाइनअन्नपूर्ण/पोखरा, फागुन २१

पोखरामा भोलि (विहिबार) देखि सुरु हुने आहा रारा गोल्ड कप १८ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध ब्रिगेड ब्वाइज क्लब बिच प्रतिष्प्रर्धा हुने भएको छ । पोखरा रंगशालमा दिउँसो २ः०० बजे पछि सुरु हुने उद्घाटन खेलमा दुबै टिमले जित्ने दाबी गरेकाछन्।
दुबै टिम बिच पहिलो पटक हुने भेटमा एक आपसमा जित्ने दाबीसंगै दुबै टिममा युवा तथा पूर्व राष्ट्रिय एवं विदेशी खेलाडीहरु समेत सहभागि गराएकाछन्। ब्रिगेड व्याइजका प्रशिक्षक सनोज श्रेष्ठले लिग पश्चात देशका धेरै ठाउँमा भएका फुटवल प्रतियोगितामा सहभागिता हुदै आएकोले आफ्नो टिम तयारी अबस्थामा रहेको बताए । अनिल गुरुङको कप्तानिमा तयारी रहेको टिममा १३ औं सागमा सहभागि खेलाडी राजेस परियार, पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङ सहित नाइजेरियाका ताजुकीन वुसारी र काजीम वुसारी लगायतका खेलाडीहरु रहेकाछन्।
त्यसै गरी सहारा क्लवले यसपालीको उपाधि रक्षा गर्ने रणनितीका साथ उद्घाटन खेलमा ब्रिगेडलाई जित्ने ढंगले आफुहरुको उत्कृष्ट खेल प्रर्दशन गर्ने भएको सहाराका प्रशिक्षक बिष्णु गुरुङले बताए । सहारा एकेडेमीका उत्पादन एवं पूर्व राष्ट्रिय खेलाडी मनबहादुर तामाङको कप्तानीमा ९ जना पोखरेली खेलाडीहरु मैदानमा उतार्ने तयारी क्लवले गरेको छ । ए डिभिजनका विभिन्न क्लवका खेलाडीहरु सहित एक विदेशी क्याम्रुङका अल्द्रीस राम्दीक सहाराको टिममा सहभागि हुने भएकाछन्।
चैत एक गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । विहिबारको उद्घाटन खेल दिउँसो १ः३० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब सहित १० टिमको सहभागिता रहने भएको क्लवले जनाएको छ ।
प्रतियोगिताका बिजेतालाई १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसै गरी उपविजेतालाई ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गनिरे भएको छ ।

Facebook Comments