१८ औं आहा रारा गोल्ड कपलाई सांसद मनाङेद्धारा ५० हजार सहयोग

पोखरा २८, पुस-गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) ले १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको पूर्व अवसरमा सहयोग गरेकाछन्। विगत दुई बर्ष देखि सहयोग गर्दै आएका सांसद गुरुङले यस बर्ष पनि आफ्नो राज्यबाट प्राप्त सेवा सुविधा वापतको ५० हजार रुपैया सहारा क्लवलाई सहयोग गरेका हुन्।
सांसद गुरुङका निजी सचिव रोनित गुरुङले उक्त रकम क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका हुन्। पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीको अवलोकन पश्चात उनले रकम हस्तान्तरण गर्दै सामाजिक कार्यमा लाग्दै आएको क्लवको पं्रशम्सा गरे । आउँदो फागुनको तेश्रो साता देखि आहा रारा गोल्ड कप पोखरामा हुने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेकाछन्।

Facebook Comments