१८ औं आहा ! रारा गोल्ड कपको उपाधि मनाङलाई उत्कृष्ट खेलाडी पुलिसका अजित भण्डारीलाई स्कुटर

दीननाथ बराल पोखरा, १, चैत

नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले १८ औं आहा रारा गोल्ड कपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा १० हजार भन्दा बढी दर्शक माझ भएको फाइनल खेलमा मनाङले नेपाल पुलिस क्लवलाई टाईब्रेकरमा ४—३ को गोल अन्तरले पराजित गर्दै उपाधि सहित नगद १० लाख एक हजार रुपैया पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

प्रतियोगितामा उपविजेता भएको पुलिसले ५ लाख १ हजार रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । ९० मिनेटको निर्धारित समय र ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै तर्फ गोल रहित बराबरीमा टुंगिए पछि निर्णायकको लागि खेल टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा नेपाल पुलिसका तेज तामाङ र अजित भण्डारीको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेसंगै पुलिसले मनाङसंग यस पालीको आहा रारामा पनि बदला लिन सकेन्। मनाङका गोलरक्षक असोक बरालले दुबै जनाको प्रहार उत्कृष्ट बचाउ गरेका हुन् । मनाङको जितमा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए । मनाङका निशान लिम्बुको पेनाल्टी सुटआउट विपक्षि गोलरक्षक रोसन खड्काले उत्कृष्ट बचाउ गरे । फाइनल खेलमा मनाङका गोलरक्षक असोक बराल म्यान अफ दी म्याच घोषित भए ।

यस अघि दुई पटक आहा रारामा र राष्ट्रिय लिग तथा धरानको बुढासुब्बा गोल्ड कपमा मनाङसंग पराजित भएको पुलिसले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा यसपाली पनि मनाङलाई जित सुम्पिनु पर्यो । मनाङले पाएक केही अवसरलाई १ सय २० मिनेटको खेलमा गोल गर्न नसके पछि जितको लागि टाइब्रेकरको सहायता लिनु पर्यो । क्वाराभान गोल्ड कप देखि आहा ! रारा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस क्लवले पोखरेलीहरुको लोकप्रिय मनाङ बिरुद्ध जित निकाल्न निकै कठिन भयो ।प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिसका अजित भण्डारी घोषित भए । उनले एक थान स्कुटरको साथमा ट्रफी हात पार्न सफल भए । प्रतियोगितामा रुस्लान थ्रि—स्टार क्लव अनुसासित टीम घोषित भयो ।

प्रतियोगितामा उत्कृष्ट फरवार्डमा मनाङका अन्जन विष्ट घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डरमा मनाङका सुरज विक, उत्कृष्ट मिड फिल्डरमा मनाङकै नितिन थापा, उत्कृष्ट गोलरक्षकमा मनाङका असोक बराल, उत्कृष्ट प्रशिक्षकमा पनि मनाङकै फुजा टोपी घोषित भए । उनीहरुलाई ट्रफिको साथमा जनही १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ५ जना खेलाडीले समान २÷२ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि सहित २५ हजार रुपैया बाड्दा जनहि ५÷५ हजार प्राप्त गरेकाछन। प्रतियोगितामा पुलिसका कप्तान भरत शाह, पुलिस निरकुमार राई, थ्रि—स्टारका शुसान श्रेष्ठ, सहारा क्लवका त्रिदेव गुरुङ र मनाङका अन्जन विष्टले समान दुई÷दुई गोल गरी सर्वाधिक पुरस्कार बाडेका हुन्।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलुकद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल, सदस्य राजेस कुमार गुुरुङ, एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरीङ शेर्पा, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष देवेन्द्र सुवेदी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

फागुन २२ गते देखि सुरु भएको प्रतियोगितामा भारतको एक टीम सहित १० टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक हरिराम गुरुङ (सुरज) ले बताए । उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लवले सहारा एकेडेमीमा खर्च गर्ने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । फाइनल खेलमा प्रति दर्शकले २ सय ५० रुपैयाको टिकट काटेर उल्लेखनिय रुपमा सहभागि भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीलले बताए । क्लवले सहारा फुटवल एकेडेमीको सहयोगार्थ सिवगत २०५८ साल देखि फुटवल प्रतियोगिता निरन्तर रुपमा गर्दै आएको क्लवले जनाएको छ । अर्ब २८ करोडको लागतमा हालै निर्माण हुदै गरेको प्यारापिट सहितको अन्तराष्ट्रिय स्तरकै फुटवल मैदानमा १३ सागको महिला फुटवल पछि आहा राराको १८ औं संस्करण भएको हो ।

Facebook Comments