१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन कुनै कसर बाँकि राख्दैनौं-वडा नं १४-

आरजू विष्ट सल्यानी
पोखरा, माघ २७

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको मिति जति नजिकिदैंछ, त्यतित्यति पोखरामा कौतुहलता वढेको छ ।

देशका मात्र होईनन्, विदेशका खेलाडी पनि आउने, यूनेूस्कोका पूर्व अध्यक्ष पनि आउने र विश्व शान्तिका लागि दौडका लागि पनि खेलाडी पोखरामा आउने भएपछि हामी पनि के कम ? पोखरा वडा नं १४ कि रेडक्रसकि च्याम्पियन तथा नारि कल्याणका अध्यक्ष तनुजाले भैपरि आउने अवस्थाको लागि हामी फस्ट एड बक्ससहित उपस्थित हुन्छौं ।

पोखरा म्याराथनलाई हामीले अन्तराष्ट्रिय रुपमा लैजाने प्रयास गरिरहेका छौं, पोखरेली मञ्च यूकेका सल्लाहकार महेश गुरुङले भन्नुभयो :“हामीले गएको वर्षदेखि भूतपूर्व खेलाडी मञ्चसंग सहयोगिको रुपमा काम गरिरहेका छौं । १० लाख वढिको सहयोग गरिसकेका छौं र खेलाडीको लागि मेडल पनि यूकेबाट ल्याउँदै छौं, यो हामी सबैको हो, पोखरालाई चिनाउने मौका हो र पोखरालाई खेलकुद पर्यटनको शहर बनाउने हो ।”

मनोहर युवा क्लवका अध्यक्ष रामजी जिसिले आफ्नो क्लवको तर्फबाट बिगतका वर्षमा झैं यो पालि पनि सहयोग गर्न तयारी अवस्थामा रहेको बताउनु भयो ।

समाज सुधार आमा समूहका सचिव दीपा थापाले पहिलेका वर्षको झैं यो पटक पनि आमा समूहको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

मेरो नेपाल युवा क्लवका अध्यक्ष दीवश कुँवरले यो हाम्रो पोखराको पहिचानको लागि भएकोले हामीले हाम्रो वडा नं १४ को तर्फबाट सहयोगमा कुनै कमिकमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कबड्डी खेलका राष्ट्रिय खेलाडी, कास्की जिल्ला शारिरीक सुगठन संघका अध्यक्ष राजकुमार थापाले भन्नुभयो :“हामी यो वर्ष म्याराथनलाई भव्य रुपमा सफल बनाउने तयारीमा छौं किनभने यो पोखरेलीको जिम्मेवारि पनि हो ।”

मेरो नेपाल युवा क्लवका निवर्तमान अध्यक्ष तथा खेलाडी हरि जिसिले आफ्नो क्षेत्रमा म्याराथनलाई सघाउन क्लवका साथीहरु, स्थानिय दाजुभाईलाई परिचालन गर्ने बताउनु भयो ।

खेलप्रेमी वडा नं १४ का अध्यक्ष प्रेम बहादुर कार्किले पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि सबैभन्दा लामो रुट आफ्नो क्षेत्रमा परेको बताउँदै वडाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तेक्वान्दोका प्रशिक्षक तथा धावक निशान कार्किले ४२ किलोमिटरको दौड दुई पटक पूरा गरेको स्मरण गर्दै २०५९ सालबाट बेला बेलामा म्याराथन तथा पर्वतिय दौडामा सहभागि हुँदै आएको बतयउु भयो । उहाँले यो पटकको म्याराथनमा आफ्ना विद्यार्थीसहित सहभागि हुने बताउनु भयो । किनभने यो पोखराको लागि गौरवको कुरा हो ।

शुक्रराज वलभद्र माविका सहायक प्रधानअध्यापक कृष्ण बहादुर कुँवरले म्याराथनका बारेमा विद्यालयका विद्यार्थीलाई सूचना दिईसकेको बताउँदै ईच्छुकलाई भाग लिन लगाउने तथा अन्यले विद्यालय अगाडी उभिएर नेपाल र विद्यालयको झण्डासहित खेलाडीलाई स्वागत गर्ने बताउनु भयो ।

सोमवार वडा न. १४ को कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपालको तर्फबाट महासचिव खेम गुरुङ र तीलक केशीले सहजिकरण गर्नुभएको थियो ।

Facebook Comments