१३ औं साग– ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौं २३ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २ सय ४८ पदक जितेको छ । नेपालले ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स १ स्वर्ण र २ कास्य जित्दै छैटौँ तथा भूटान ९ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो ।पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । खबरहब

Facebook Comments