१३ औं साग अत्याधिक दर्शकका कारण केही समय पोखरा रंगशालामा टिकट काउण्टर बन्द

दीननाथ बराल पोखरा २१, मंसिर अत्याधिक दर्शकका कारण पोखरामा जारी १३ र्औ साग अन्र्तगत महिला फुटवल हेर्न आएका केही दर्शकले सहज ढंगले टिकट पाएनन्। अत्याधिक दर्शक आएसंगै पोखराको रंगशालामा क्षेत्रमा रहेका ५ वटा टिकट काउण्टर करिब २० मिनेट जसो बन्द हुदा केही दर्शकहरु निरास भएका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरा रंगशालाको फुटवल स्टेडिएममा हालै निर्माण भएको प्यारापिटमा ६ हजार ५ सय मात्र सिट क्षमता भएकोले अग्रिम टिकट लिन आग्रह गर्दै आएका थिए । नेपाल र भारत बिचको औपचारिक खेल अवलोकन गर्न दर्शकको रंगशालामा अत्याधिक भिड नै भएको थियो । सुरक्षाको दृष्टिले आफुरुहरुले सिट क्षमता भन्दा बढी दर्शक नभित्राउन आव्हान गरिएको राखेप सदस्य गुरुङले जनाए ।

सोमबार भारत नेपाल बिच स्वर्ण पदकको लागि फाइनल खेलमा खेल्नेछन्। मंगलबार देखि पोखरामा महिला फुटवल खेल सुरु भएसंगै दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि हुन थालेको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।
पोखराको बाराही घाट फेवाताल किनारामा हुने बिच भलिवल प्रतियोगिताको अवलोकन गर्दा २ सय रुपैया र फाइनल खेलमा भने ३ सय रुपैया शुल्क निर्धारण गरिएको संयोजक कोइरालाले जनाए ।

केही खेल बाहेक एक सय रुपैयाको टिकट लिदा पोखरामा हुने सवै जसो खेल अवलोकन गर्न पाइने भएको उनले जनाए । महिला फुटवल खेलको सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैया शुल्क लाग्ने उनले जनाए । पोखरा रंगशाला परिसरमा ५ सहित पोखरामा २० वटा टिकट काउण्टरहरु राखेको संयोजक कोइरालाले जनाए ।

Facebook Comments