१३ औं दक्षिण एसियाली खेलकुद (साग) -कस्ले पदक जिते ?

पोखरा, मंसिर १७ गते-१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबारदेखि ट्रायथलन सुरु भएको छ । पहिलो दिन पुरुष र महिला तर्फ स्प्रिन्ट विधामा दुई स्वर्णका लागि खेल भयो । नेपाल र भारतले स्वर्ण जितेका छन् । सोमबारको खेलमा भारतले दुई रजत र एक कास्य तथा नेपालले थप एक कास्य पदक प्राप्त ग¥यो ।
महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् । पुरुष तर्फ भारतका आदर्श एम. एन. सिनामोलले स्वर्ण पदक जितेका छन् । सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन् । भारतका आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेका हुन् ।
महिलातर्फ रजत र कास्य पदक दुवै भारतले हात पारेको छ । निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दैसारोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्रगन्या मोहनले कास्य जित्न सफल भएकी हुन् ।
पुरुषतर्फकै निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पार गर्दै विश्वरजित साईखोमले भारतलाई रजत पदक हासिल गर्न सफल भए । नेपालका लागि बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य प्राप्त गरेका छन् ।
नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले स्वर्ण पदक जितेकोमा खुशी मिलेपनि दुरी पार गर्ने समयमा अझै राम्रो नतिजा निकाल्न नसकेको बताउँछन् । उनी भन्छन्– ‘भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी रहेको छ । हामीेले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण हामीले प्राप्त गर्ने गरी प्रशिक्षण गराएका छौं । पुरुषमा केही कमजोर देखिएपनि दुआथलनमा स्वर्णको आशा गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’
सोमबार १३ औं साग अन्तरगत ट्रायथलन विधामा पुरुष र महिलाको दुई खेल भएको थियो । जसमा दुवै तर्फ ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको थियो ।
३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा अन्र्तगत नेपाल, भारत र श्रीलंका गरी तीन देशका २६ खेलाडीको सहभागिता रहेको छ । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुआथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ । दुआथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरी, मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।
दोश्रो पटक सहभागी बनेको नेपालले यस अघिको १२ औं सागमा मिक्स टिम रिले तर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कास्य प्राप्त गरेको थियो ।

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी
मंसिर १७,पोखरा

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकि विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।
जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्न परेन ।
२.१ ओभरमा २ मेडन सहित विना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।
जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकोमा खुसि व्यक्त गरिन् । साथै यहि प्रतियोगिताका लागि आफुहरुले लामो समयदेखि मेहेनत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केहि गरि देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।
माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्र्तराष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रर्दशन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशविच प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गले दुवै टोलीका खेलाडीसंग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु लगायतले खेलाडी क्रिकेटका बारेमा बोलेका थिए ।
एकै खेलमा चार कीर्तिमान
माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी छन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दावी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।

साग गल्फ मंगलबार देखि
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेल मंगलबार देखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ । पार ७२ को कोर्समा बिहान १० बजे सुरु हुने प्रतियोगितामा सहभागी खेलाडीले सोमबार अभ्यास खेल खेलेका छन् ।
सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ । भुटानले पुरुष टिम स्पर्धामा भाग लिएको छैन । भुटानबाट निम दोर्जी तामाङ एक्लै ब्यक्तिगत स्पर्धामा सहभागी छन् । पाकिस्तानले अन्तिममा आएर गल्फ नखेल्ने निर्णय गरेको थियो ।
पुरुष टिम स्पर्धामा पनि सहभागी देशको कम्तीमा कांस्य पदक पक्का भएको छ । गल्फको पुरुष स्पर्धामा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको नेपाली टोलीका ब्यवस्थापक सिवी भण्डारीले बताए । नेपालका खेलाडीले दैनिक औसत तीन अन्डर पार खेलिरहेका छन् । पुरुषमा नेपालले ब्यक्तिगत र टिम स्पर्धा दुवैमा स्वर्ण जित्ने देखिन्छ, भण्डारीले भने ।
नेपालका महिला गल्फ खेलाडीको तयारी पछि मात्र सुरु गरिएकोले केही भन्न नसकिने भण्डारीले बताए । गल्फमा पुरुषतर्फ नेपालबाट टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुवास तामाङ र निरज तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा कस्मिरा शाह, रबिना श्रेष्ठ र शुस्मा कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो । गल्फ खेल ‘स्टोक प्ले’ विधामा ७२ होलको हुनेछ ।

दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा
दक्षिण एसियाली खेलकुद अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् ।
सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले ३–० को सहज जित निकालेको हो । पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए ।
त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए । पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले । अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पु¥याए ।
डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए ।
अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ ।
पुरुष तर्फ भुटान पनि सेमिफाइनलमा पुग्यो । भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो । सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६(५), ५–५ (रिटायर्ड) को सेटमा हराए ।
त्यस्तै तान्डिन वाङ्चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए ।
डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६(३) ले हराए । भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ ।
पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो । सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७(५), ६–४ र ६–४ ले हराए । दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो ।
डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो ।
महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन् । अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन् ।
डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन् ।
श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो । अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन् । त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तीलाई ६–० र ६–१ ले हराइन् । डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हराए ।

टेबलटेनिसको सेमिफाइनल नजिक नेपाल
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ। लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३(१ सेटको जित हात पारेको हो। अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ। नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए। आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जीत हात पारेको छ। दुवै खेलमा भारतले ३(० को सोझो सेटमा जित हात पार्यो। भारत सेमिफाइनलमा पुगिसकेको छ। यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३(० को सोझो सेटमा पराजित गरेको थियो। महिलातर्फ नेपाली टोली महिला तर्फ आज भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३(० कै सेटमा पराजित गरेको छ। यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३(१ को सेटमा पराजित गरेको छ। भारत महिला तर्फपनि सेमिफाइनलमा पुगिसकेको छ। महिला तर्फ नेपाली टोलीले श्रीलंकासँग ३(० सेटमा पराजित भएको छ। नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ। मंगलबार बिहान लिग चरणकम बाँकि खेल हुनेछन् भने सेमिफाइनल दिउँसो १स्३० बजे सुरु हुनेछ । यस्तै टिम इभेन्ट महिला र पुरुष मंगलबार ४ बजे फाइनल हुनेछ ।

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण
नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्पm कुल ७ स्वर्ण जितेको छ ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो ।
त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन् । नेपालले महिला टिम पुम्सेतर्पm १७–२९ वर्षउमेर समूह(निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह(निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएको हो ।
नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन् । व्यक्तिगत विधातर्पm आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली(७.७५५०)ले र बंगलादेशकी मौसुमी (७.३६०) ले कांस्य पदक जितिन् ।
२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।
त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्पm पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन् ।
२३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन् ।
सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जयसिंघे(८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते ।
१७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए । यस विधामा भारत लालथला मुइनपुई(८.१२०) र बंगलादेशका कमरुल इस्लाम(८.०९०) ले कांस्य पदक जितेका छन् ।
पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे । १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते ।
२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।

भुटान शीर्ष स्थानमा
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलका खेल सोमबारदेखि सुरु भएको छन् र पहिलो दिनका दुई खेलपछि भुटानले आश्चर्यजनक अग्रता लिएको छ । राउन्ड रोबिनको आधारमा सुरु भएको प्रतियोगिताको पहिलो दिन स्पष्ट जित निकाल्ने टिम भुटान मात्र रह्यो र यसस“गै उसले पा““च टिम सम्मिलित टिममा शीर्ष स्थान कब्जा ग¥यो ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले हरायो । दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेले । श्रीलंका खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रहेर माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको हो । पहिलो खेलमा भुटानका तर्फबाट भएको एक मात्र गोल चेन्चो ग्याल्चिनको नाममा रह्यो ।
भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्चिनले ६५ औं मिनेटमा निर्णायक गोल गरे । फुब थिन्लेको पासलाई सदुयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरे । खेलपछि कप्तानले भने, ‘आजको खेलमा हाम्रँे उद्देश्य तीन अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह्यौं ।’ प्रशिक्षक पेमाले भने खेलको सुरुमा टिमलाई केही गाह्रो भएको स्विकार्दै त्यसयता भने आप््mनो टिमले लय समातेको बताए ।
उनले भने, ‘आजको नतिजामा हामी स्वभाविक रूपमा खुसी छौं ।’ उनले मंगलबार नेपालविरुद्ध हुने खेललाई लक्षित गर्दै भने, ‘नेपालविरुद्धको खेलमा सबै आप्mनै टिमको समर्थनमा हुनेछ । हामी आशा गर्छौ, हाम्रोप्रति पनि केही समर्थन हुनेछ ।’ यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले आप्mनो टिम हारका लागि पूर्ण रूपमा हकदार भएको माने ।
उनले भने, ‘आज हाम्रा कोही पनि खेलाडीले खेल्न सकेनन्, सबैको प्रदर्शन बिर्सनलयाक रह्यो । आजको कमजोर प्रदर्शनबाट हाम्रा खेलाडी शिक्षा लिनु पर्छ । आजको दिन हाम्रो लागि वास्तवमै खराव रह्यो ।’ दोस्रो खेलको विश्लेषण गर्दै श्रीलंकाली प्रशिक्ष्ँक एमएम प्याकिरालीले आप्mनो लागि बराबरीको नजिजा सुखद रहेको बताए ।
यस्तै माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आप्mनो टिमको प्रदर्शन कमजोर रहेको तथ्य स्विकार्दै जितका लागि गोल गर्नु पर्ने र यसमा आप्mनो टिम सफल रहेको माने । उनले पहिलो खेलको उदाहरण गर्दै त्यसमा बंगलादेश पराजित रहनुले पूरा प्रतियोगितामा सबै टिम समान रूपमा उपाधिको दावेदार रहेको बताए ।

पोखरामा पनि आतिसवाजी सहित सागको शुभारम्भ
पोखरा १७, मंसिर
पर्यटकीय नगरी पोखरामा पनि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजी सहित शुभारम्भ भएको छ ।
आइतबार काठमाण्डौंमा भव्य समारोहका बिच उद्घाटन भएको भोलि पल्ट ८ वटा खेल हुने पोेखरामा पनि काठमाण्डौंकै जस्तै गरी आतिसवाजी सहित उक्त खेलको शुभारम्भ गरिएको हो । उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन्। उनले ट्राय्थलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्। ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरेकाछन्। उनले भने “ पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त भएका छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौं । ” पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार शिल्वालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे । ”राखेप सदस्य राजेश कुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको बताउदै यसमा केही गल्ती हुन सक्ने जनाए । उद्घाटनको अवसरमा विभिन्न जनजातिको भेषभुषा भल्कने भेषभुषा सहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झाण्डा सहित मार्च मास गरेको १३ औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका तेज बहादुर गुरुङले बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३ औं सागलाई सफल पार्न सवैमा आग्रह गरे ।

भलिबलमा श्रीलंकालाई दुई कांस्य
श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला तथा पुरुष भलिबलमा कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको महिलातर्फको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो । श्रीलंकाले माल्दिभ्समाथि २५–१३, २५–१८ र २५–८ को जित निकाल्यो । पुरुषतर्फ श्रीलंकाले बंगलादेशलाई २३–२५, २५–२०, २५–१६ र २५–१ ले हरायो । फाइनल मंगलबार हुने छ ।

पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण
करातेको पहिलो दिन नौ स्वर्ण पदकको टुंगो लागेको छ । पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुई स्पर्धामा स्वर्ण पदक हात पारे । महिला एकल कातामा पाकिस्तानकी साइदाले नेपालकी चञ्चला दनुवारलाई २५.६ –२४.६८ ले हराउदै स्वर्ण पदक जितिन् । सो स्पर्धामा श्रीलंकाकी हसीनी हेटीराची र बंगलादेशका हुमइरा अख्तर खानले काश्इ पदक जिते ।
पुरुष एकल कातामा पाकिस्तानका लाई २५.५६ –२४.६८ ले हराउदै नेपालका मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जिते । बंगलादेशका मोहम्मद हसन खान र श्रीलंकाका साउथन सारा बालुराले काश्य पदक जिते ।
महिला टिम कातामा पाकिस्तानलाई २४.८८ –२३.३ ले हराउदै नेपालले स्वर्ण पदक जित्यो । सो स्पर्धामा श्रीलंका र बंगलादेशले शले काश्य पदक जिते । नेपाली टोलीमा निर्मला तामाङ, सरु कार्की र संगीता मगर थिए । रजत पदक विजेता पाकिस्तानी टोलीमा नर्गीस, साइदा र गुल समाबेश थिए ।
पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजी सहित प्रविण र महसुस सम्मीलीत नेपाली टिमले अदिकारी मुदासिंगे,थलामाडिले गेडारा र वारानुकालाउसारिया सम्मीलीत श्रीलंकाको टोलीलाई २५.५४–२५.२८ले हराउदै स्वर्ण पदक जितेको हो । सो स्पर्धामा बंगलादेश र पाकिस्तानले काश्य पदक जिते ।
कुमुतेको महिला ४५ किलो तौल समुहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन् । स्वर्ण पदक जित्ने क्रममा उनले फाइनलमा बंगलादेशकी मन्जुरा बोर्नालाई ३–२ले पराजित गरिन् । सो स्पर्धामा श्रीलंकाका श्रनाथ अचाइगे इशाका मुवाथान्थी र पाकिस्तानका अन्वेरा इक्राले काश्य पदक जिते ।
यसैगरी, महिला ५० किलोमा नेपालकै अनुअधीकारीले स्वर्ण पदक जितिन् । उनले फाइनलमा श्रीलंकाकी डोन पाउवा बडाल्गे दिनुसा कुमारीलाई ८–० ले पराजित गरिन् । सो स्पर्धामा बंगलादेशकी गुल सविरा र पाकिस्तानकी फकिदा अख्तरले काश्य पदक जिते ।
पुरुष ५० किलो तौल समुहमा मोहम्मद मुस्ताफा कमललाई १–० ले हराउदै नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते । पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नासुरा कुलीसरायोले काश्य पदक जिते ।
पुरुष ८४ किलो तौल समुहमा पाकिस्तानका अवाइस मोहम्मदले नेपालका दिवस श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते दुवैको स्कोर दुइ रहदा अन्तिम समयमा दिवस टेक्नीकल्ली डिस्क्वालीफाइड भएका थिए । बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका अरिचिंगे कन्दिुले काश्य पदक जिते ।
पुरुष ८४ किलो माथिको समुहमा नेपालका विप्लव श्रेष्ठले पाकिस्तानका मोहम्मद बाजलाई १–० ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा श्रीलंकाका मागोर्ना मलरलांगे र बंगलादेशका मोहम्मद अतीकुर रहमानले काश्य पदक जिते ।

नेपालको दुवै टोली सेमिफाइनलमा
सागअन्तर्गत खो खोतर्फ नेपालको पुरुष÷महिला दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन्ड लिगको अन्तिम दिन पुरुष तथा महिला दुवैमा सेमिफाइनल समीकरण पनि तयार भएको छ ।
पुरुष÷महिला दुवैमा भारत, नेपाल, श्रीलंका र बंगलादेश क्रमशः शीर्ष चार स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments