१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल टिम फाइनलमा

काठमाडौं १४ मंसिर । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद ९साग०मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ ।

यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३(० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५(१४ ले जित्यो । प्रतिभा मालीले ७ र सरस्वती चौधरीले ६ अंक जोडिन् ।

दोस्रो सेटमा २५(१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५(२१ मा तेस्रो सेट जित्यो ।

अब नेपालले भारतसँग खेल्नेछ र, यो समूह चरणमा व्यहोरेको हारको बदला लिने मौका समेत हो । समूह चरणमा नेपाल भारतसँग ३(० को सेटमा पराजित भएको थियो ।

सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो । अनलाइनखबर

Facebook Comments