१० बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ५२ बर्षीय एक पुरुष पक्राउ


दीननाथ बराल पोखरा ३०, भदौ
पोखरामा १० बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ५२ बर्षीय एक पुरुष पक्राउ परेका छन् । सोमबार दिउँसो करिब ३ः३० बजे करणीको आशय राखि १० बर्षकी बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नं.७ प्रगतिटोल बस्ने ५२ बर्षीय टिका बहादुर दमैलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई यौन दुव्र्यबहार गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दमैलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए । उनका अनुसार दमैले बालिकाको घरमा कोही नभएको अवस्थामा यौन दुव्र्यवहार गरेका थिए । पछिल्लो समयमा पोखरा सहितका क्षेत्रमा बालिका तथा किशोरीहरु माथि करणी गर्ने प्रबृत्ति बढेको छ ।

Facebook Comments