१० औं पोखरा महोत्सव २०७६, पुस २९ देखि माघ १२-अमरसिंह खेल मैदानमा, तयारी अन्तिम(video)

by:aarju

आरजू, पोखरा पुस २२

“युवाको जाँगर, राष्ट्र निर्माणको आधार” शिक्षा स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्धनको मूल नारासहित यूनाईटेड क्लव पोखराले १० औं संस्करणको पोखरा महोत्सव २०७६ पुस २९ गतेदेखि माघ १२ सम्म अमरसिंह उ.मा.वि को विशाल खेल मैदान अमरसिंहमा आयोजना गर्दैछ । यसको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष लालकाजि गुरुङले बताउनु भयो ।

स्थापनाकाल देखि नै विशुद्ध सामाजिक काममा समर्पित क्लवले कास्कीको शिक्षा क्षेत्र, खेलकुद, कृषि र पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आईरहेको छ, गुरुङले भन्नुभयो :“अब त युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव क्लवको नभई जनताको महोत्सवको रुपमा दर्ज भएको छ, देशको कला, संस्कृतिको उचित जगेर्ना गरि लुकेर रहेका कला, संस्कृतिको प्रदर्शन गराउने, आर्थिक परिवर्तन ल्याउन सघाउने, आन्तरीक र बाह्य उत्पादनका बस्तुलाई सर्भसुलभ रुपमा उपभोक्ता समक्ष पुर्याउने, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि विकासमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।”

केहि विषयमा समन्वय हुन बाँकि रहेको छ, स्थानिय सरकार र प्रदेश सरकार र निर्माण समितिबिच समुधुर कुराकानि र अदालतबाट आउने निर्णयसंगै कार्यान्वयनको बाटोमा जान्छौं, उहाँले भन्नुभयो :“पोखरामा चीडियाखाना बनाउनु पर्छ भनेर यूनाईटेड क्लवले अवधारणा ल्यायो र त्यसलाई सरकारले आत्मसाथ गरेर हाम्रो गण्डकी प्रदेशको त हुँदै हो, अझैं राष्ट्रिय गौरवको योजना भएको छ ।” चिडियाखाना निर्माणका लागि क्लवले यसअघि नै ५५ लाख प्रदान गरिसकेको छ भने साविक लेखानाथ नगरपालिकाबाट १० लाख र नेपाल सरकारबाट यसवर्ष २० लाख सहयोगबाट जनावर तथा पंछिहरुको उद्धार केन्द्र भवन, बाटो तथा खानेपाली जडान गरिएको छ । प्रदेश सरकार तथा प्रदेश वन मन्त्रालयबाट जुलोजिकल पार्क निर्माणको लागि रकम छुट्याउने जानकारीमा आएको छ ।

महोत्सवलाई अवलोकन गर्ने, रमाईलोको रुपमा मात्रै लिनु हुँदैन, त्यो सामान्य हो, उहाँले भन्नुभयो :“महोत्सवबाट केहि न केहि सूचना, सन्देश लिएर घर घरमा जाने र त्यसलाई लागु गरे फाईदा आफैंलाई हुन्छ ।” हामीले विद्यार्थीलाई डर, त्रास देखाएर, पिटेर पढाईमा संलग्न गराउने परिपाटीलाई अस्वीकार गर्दै आएका छौं, यो गर्नुपनि हुँदैन, बरु विद्यार्थीले कसरी पढ्न चाहिरहेका छन् भन्ने कुरालाई शिक्षकले बुझेर उनिहरुलाई पढाईमा सहयोग गर्नुपर्छ, यसका लागि हामीले शैक्षिक डकुमेन्ट्रीलाई समावेश गरेका छौं ।” अध्यक्ष गुरुङले उक्त शैक्षिक भिडियो डकुमेन्ट्रीे अविभावक, विद्यार्थी र शिक्षकले संगै बसेर हेर्दा उपयुक्त हुने बताउनु भयो ।

नेपाल भ्रमण वर्ष २०२० शुरु भईसकेको अवस्थामा दशौं पोखरा महोत्सवले भ्रमण वर्षलाई सघाउन र पोखराको आर्थिक क्रियाकलापलाई गति दिनको लागि यहाँका उत्पादनका सामानहरु भएका स्टलहरुबाट महोत्सवमा जानेले वजार मूल्य भन्दा ३० रुपौंयासम्म कम मुल्यमा उपभोग्य सामानमा छुट पाउने व्यवस्था मिलाएको बताउनु भयो । तर सामान खरिद गर्नको लागि आफ्नो साथमा टिकट अनिवार्य हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा होम स्टे संचालन गरिरहेकाहरुको लागि निःशुल्क स्टल उपलव्ध गराईने भएकोले आआफ्नो होम स्टेको प्रचार प्रसार गर्न र आफ्नो गाउँ ठाउँलाई चिनाउन पोखरा महोत्सव उपयुक्त हुने भएकोले होम स्टेको स्टल राख्न चाहनेलाई निःशुल्क स्टल प्रदान गरिने गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य प्रायोजक हिमश्री फुड्सको रारा तैयारी चाउचाउ रहेको छ भने प्रायोजकहरु लुम्विनी विकास बैंक, रीलाएवल लाईफ ईन्स्योरेन्स, स्काई लिंक, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी चिप्लेढुंगा, न्यू पारा वल्र्ड पाराग्लाईडिङ, ऐन्ना एण्ड सोफिया कन्स्ट्रक्सन प्रा.लि र आईएमई पे सिद्धिमणी एक्सप्रेस, अमरसिंहचोक रहेका छन् । विशेष सहयोगि पोखरा महानगरपालिका, सहयोगि संस्थाहरुमा जिल्ला समन्वय समिति कास्की, नेपाल भलिवल संघ, अमरसिंह उच्च मावि रहेका छन् । महोत्सवको प्रवर्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।

महोत्सवमा अफिसियल पानी लेकसिटि, अफिसियल बैंक ग्रिन डेभलोपमेन्ट बैंक, अफिसियल ईन्स्योरेन्स सिद्धार्थ ईन्स्योरेन्स र ईन्टरनेटमा वल्र्ड लिंक रहेका छन् । मिडिया पार्टनरमा एबिसि टिभि, फेवा टिभि, गण्डकी टिभि, रेडियो अन्नपूर्ण र समाधन दैनिक रहेका छन् ।

Facebook Comments