१० औं पोखरा महोत्सव पुस २९ बाट “शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्धन” मुख्य लक्ष्य : श्रेष्ठ(video)

by:aarju-Raju Shrestha with Dipendra Shrestha

अनलाइनअन्नपूर्ण/पोखरा, पुस २८

यूनाईटेड क्लव पोखराका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले १० औं संस्करणको पोखरा महोत्सवमा यसपाली पनि केहि नयाँपन देखिने बताउनु भएको छ । उसो त हामीले यसअघि संचालन भएका महोत्सवमा दर्शकको लागि नयाँ नयाँ खुराक दिदैं आयौं, उहाँले भन्नुभयो :“दर्शकले निरन्तरताको लागि निरन्तरतालाई मात्र रुचाउँदैनन्, त्यसैले यो पटक विद्यालयस्तरीय नृत्य, शिक्षामूलक डकुमेन्ट्री र वुद्धिचाल प्रतियोगितालाई राखेका छौं ।”

क्लवले आफ्नो स्थापनाकालबाटै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनलाई जोड दिदैं आएको छ । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो :“कतिपय अवस्थामा शिक्षक, विद्यार्थी र अविभावक शिक्षामा चुकेको देखिन्छ, त्यसैले सहज किसिमले पढ्ने पढाउने, बुझ्ने बुझाउने काममा सहयोग होस् भनेर शिक्षामूलक डकुमेन्ट्री “कखरा” दिनमा दुई सो देखाउन लागेका छौं ।” शिक्षक, विद्यार्थी र अविभावक संगै बसेर हेर्नको लागि तयार पारीएको कखरा डकुमेन्ट्री महोत्सव अवधिभरी निशुल्क देखाईने भएको छ । एउटा सो मा ५० जनाले हेर्न सक्ने हलको व्यवस्था गरिएको छ भने दिनको १ र ३ वजे देखाईने छ ।

यो पालि महोत्सवमा वुद्धिचाल प्रतियोगिता पनि रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्लवको लक्ष्य जनसमुदायको उत्थानकै लागि र उहाँहरुसंग निरन्तर भईरहेको सम्पर्कले होला महोत्सव गर्नको लागि उर्जा मिलिरहेको छ । हामीलाई समाजबाट उर्जा प्राप्त भईरहेकोले निरन्तरतामा नदिने कुरै भएन, श्रेष्ठले भन्नुभयो ः“२०६७ सालमा पहिलो महोत्सव गर्दाखेरी भएको जोश, जाँगर जस्तै उहि टिमले उहि जोस जाँगरका साथ काम गरिरहेको छ, हामीले पहिलो देखि नै “क्षेत्रगत् टेवा दिनको लागिपनि महोत्सव हो” भन्दै आयौं, जस्को कारण जिम्मेवारि वढेको छ ।”
“य्वाको जाँगर, राष्ट्र निर्माणको आधार” शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्धनको लागि नाराका साथ महोत्सव गर्दै आईरहेको यूनाईटेड क्लवले चीडियाखानाको अवधारणा पनि ल्यायो र निर्माणको चरणमा रहिरहँदा केहि उत्पन्न विवादको कारण सहमति हुन बाँकि रहेको छ । यूनाईटेड क्लवले सहजिकरणको काम गरिरहेको छ, निर्माणको लागि सहयोग गरिरहेको छ, उहाँले भन्नुभयो ः“क्लवको कुनै निर्णय लागु हुँदैन, सहयोग गर्छ, तीनवटा वन उपभोक्ता समूह आफुहरु मिलेर निकास खोज्नु पर्छ ।” विवादित विषय अहिले अदालतमा विधाराधिन रहेको छ ।

महानगरपालिकाले जुलोजिकल पार्क निर्माण समिति र स्थानियसंग सहजिकरण गरिरहेको छ, प्रदेश सरकारले अपनत्व ग्रहण गरिसकेको अवस्थामा जुलोजिकल पार्क सबैको हो, सबैको सहयोग आवस्यक पर्छ । क्लवले जुलोजिकल पर्कको लागि ५५ लाख खर्च गरिसकेको छ, श्रेष्ठले भन्नुभयो ः“यो पटक पनि महोत्सवको आम्दानीबाट पार्कको लागि रकम पहिले झैं छुट्याउँछौं, ४० लाखको हाराहारीमा आमदानी गर्ने लक्ष्य लिएका छौं ।” महोत्सवमा २५० स्टल बुक भईसकेका छन् भने होम स्टेकोलागि निःशुल्क ८ स्टल रहेका छन् ।

पोखरामा पोखरा महोत्सवको छुट्टै क्रेज छ । स्पोन्सरहरु हामीलाई नै खोज्न आएको पायौं, श्रेष्ठले भन्नुभयो ः“हामीले समाजमा पारेको प्रभावले नै होला, धेरै आकिर्षत भएर आउनु भयो, केहिले हामीले राखेको प्रस्तावलाई सहर्ष स्वीकार गर्नुभयो ।”

महोत्सवमा जातिय गीतहरुको प्रवर्धनको लागि हरेक दिन स्थान दिईने भएको छ । जहाँ लोपोन्मुख अवस्थाका रहेका लोक संस्कृतिको प्रस्तुति, दिउँसो विद्यालयस्तरीय नृत्य तथा दोहोरी गीत र बेलुका लाईभ कन्सर्ट गर्न लागिएको छ । यो पटक पोखरा महोत्सवमा दार्जिलिङबाट मन्त्र व्याण्ड र अर्कोउ मुखर्जि कलकत्ताबाट आउने भएका छन् । काठमाडौंबाट गायक सुगम पोखरेल, नितेश श्रेष्ठ, अमेरीकाबाट राजु लामा आउने भएका छन् ।

महोत्सवको पुस २९ गते मंगलवार साढे १२ वजे गण्डकी प्रशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुहुने आयोजक यूनाईटेड क्लव पोखराले बताएको छ । उद्घाटनअघि पोखरा रंगशाला अगाडीबाट विभिन्न १५० संघ, संस्था, समुदाय, आमा समूहको सहभागितामा झाँकि र्यालि आयोजना गरिने र्याली संयोजक पवित्रादेवी गुरुङले जानकारी दिनुभयो ।

विद्यार्थीलाई ६० र सर्वसाधारणको लागि ८० रुपैया टिकट लाग्ने भएको छ । विमा समिति संयोजक चन्द्रा पराजुलीले महोत्सव अवधिभरी भैपरि आउने व्यवसायीक समस्या, क्षेती, हुनसक्ने घटनाको क्षेती परिपूर्ति गर्नको लागि विमाको बन्दोवस्त गरिएको बताउनु भयो ।

महोत्सवको मुख्य प्रायोजक हिमश्री फुड्सको रारा तैयारी चाउचाउ रहेको छ भने प्रायोजकहरु लुम्विनी विकास बैंक, रीलाएवल लाईफ ईन्स्योरेन्स, स्काई लिंक, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी चिप्लेढुंगा, न्यू पारा वल्र्ड पाराग्लाईडिङ, ऐन्ना एण्ड सोफिया कन्स्ट्रक्सन प्रा.लि र आईएमई पे सिद्धिमणी एक्सप्रेस, अमरसिंहचोक रहेका छन् । विशेष सहयोगि पोखरा महानगरपालिका, सहयोगि संस्थाहरुमा जिल्ला समन्वय समिति कास्की, नेपाल भलिवल संघ, अमरसिंह उच्च मावि रहेका छन् । महोत्सवको प्रवर्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।

महोत्सवमा अफिसियल पानी लेकसिटि, अफिसियल बैंक ग्रिन डेभलोपमेन्ट बैंक, अफिसियल ईन्स्योरेन्स सिद्धार्थ ईन्स्योरेन्स र ईन्टरनेटमा वल्र्ड लिंक रहेका छन् । मिडिया पार्टनरमा एबिसि टिभि, फेवा टिभि, गण्डकी टिभि, रेडियो अन्नपूर्ण र समाधान दैनिक रहेका छन् ।

Facebook Comments