होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौ मुख्यमन्त्री गुरुङ

कार्तिक १ । गण्डकी प्रदेशकामुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमाविस्तार गर्न चाहेको बताएका छन । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर तीहामेस्टेलाई थपकार्यक्रमहरु दिइने मुख्यमन्त्रीको भनाई छ ।

नवलपुर जिल्लाको चिलाहा रतवल सामुदायिक ग्रामिण होमस्टेको विहिबार उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यो बर्ष प्रदेशका २५ वटा उत्कृष्ट होमस्टे छनोट गरेर कृषिअर्गानिकगाउको रुपमाविकासित गरेको अवधारणा सुनाए ।

उनले ती गाउहरुका लागि आवश्यक खाद्यपदार्थ तीन गाउले नै उत्पादन गर्ने सक्ने क्षमता विकास गराउन यो अवधारणा अगाडि सारिएको बताए । यसरी कृषिको उत्पादनको क्षेत्र, सस्कृतिको संरक्षणको क्षेत्र, आर्थिक उपार्जन गर्ने क्षेत्र र सामुदायिक बाताबरण संरक्षणको केन्द्र पनिहोमेस्टे बन्ने लक्ष्य राखिएको बताए ।


प्रदेश सरकारले सुरु गरेको जल बायु मैत्री नमुना मुख्यमन्त्री कृषिगाउ र होमेस्टलाई निकट भविष्यमा जोडेर पनि होमस्टे अवधारणा अगाडि बढाउन सकिने विकल्प आफुहरुसंग रहेको उनले बताए । होमस्टे कार्यक्रमले प्रदेशको गरिवी निवारणमा महत्वपुर्ण भुमिका खेलेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङ जनताले इलमगर्ने इच्छा राखे सहयोगी बन्न प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारले आगामी ५ बर्ष भित्र गिरिवी रेखामुखि रहेको १४ प्रतिशत जनता लाई ७प्रतिशत मा झार्ने लक्ष्यलाई होमस्टे कार्यक्रमले सहयोग मिल्ने पनि मुख्यमन्त्रीको आशयथियो ।

कार्यक्रममाबोल्दै उद्योग, पर्यटन बन तथावातावरण मन्त्रीविकास लम्सालले गतबर्ष प्रदेश सरकारले सञ्चालन गरेको होमस्टे अनुदानकार्यक्रम सफलभएको दावीगर्दै यस्तै कार्यक्रमहरु अझविस्तारको क्रममाआफुहरु रहेको जानकारी दिए ।

होमस्टेले कला संस्कृतिको संरक्षण,रोजगारी सिर्जना,उत्पादनको बृद्धि गर्ने काम गरेको बताउदै लम्सालले आगामी दिनमा होमस्टेहरुलाई अनुदानवितरण गर्दा वर्गिकरण गरेर मात्रदिने बताए । होमस्टेहरुले एक बर्षमा कति पर्यटकहरु लाई बास बसाले,स्थानिय खानाका परिकार कस्ता कस्ता ख्वाएकाछन्,सरसफाईमा ध्यानकति पु¥याएकाछन् वापाहुनाहरु लाई सेवासुविधा र संस्कार के कस्तो गरेका छन् ति सबै को मुल्याङकन गरि होमस्टेको वर्गिकरण गर्ने प्रदेशको योजना रहेको छ ।
प्रदेश सरकारले पर्यटन बाट समृद्धि हासिलगर्न सक्ने हुदाँपर्यटनलाई पहिलो समृद्धिको आधार मानेको बताए ।


नवलपुरका संघीय सांसद तिलकमहतले कम्युनिष्टले सरकारका कारण देशमाविकासको मुल फुटीरहेको दावीगर्दै विपक्षीले भ्रम छर्ने कामगर्दैमाजनताले नपत्याउनले दावी गरे । प्रदेश सांसद रोशनगाहा मगरले नवलपुर क्षेत्रको पर्यटनको संभावना अब तीनतहको सरकार मिलेर खोलिने दावी गरे । कार्यक्रममाप्रदेश सांसदहरु ओम कलागौतम र जनकलाल श्रेष्ठ लागायतले बोल्दै होमस्टे कार्यक्रम सफलबनाउनआफुहरुको सहयोग हुने बताए ।

होमस्टेमाबास बसे मुख्यमन्त्री

चिलाहा रतवल होमस्टेको पहिलो पहुना बनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङ विहिबार बास बसे । धर्म पत्नीकुमारी मुनि गुरुङसंग मुख्यमन्त्री गुरुङ होमस्टे नम्बर ८ मा बसेका थिए । मुख्यमन्त्रीसंगै उद्योग, पर्यटन, वनतथावातारवरण मन्त्रीविकास लम्साल र प्रदेश सांसद रोशनगाहा मगर पनिहोमस्टेमाबास बसेका थिए । मुख्यमन्त्री र मन्त्रीहरुलाई स्थानीयथारुको स्थानीय परिकारहरु घो“घी, चिच्चर, हा“सको परिकार खुवाएका थिए ।

Facebook Comments