होटल दोनस्तीका संचालक लामाद्धारा ७५ घर परिवारलाई मास्क र मासु वितरण


दीननाथ बराल पोखरा ७, कार्तिक
पोखरा लेकसाइड स्थित होटल दोनस्तीका संचालक असोक लामा रुम्बाले दशैंको अवसरमा एक छाक मासु खान कठिन भएका ७५ घर परिवारलाई मास्कको साथमा मासु वितरण गरेका छन्। नेपाल सिन क्यूकोसिन कराँते गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक समेत रहेका युवा व्यवसायी लामाले फुलपातीको अवसरमा ७५ घर परिवारकालाई मास्क सहित शुक्रबार प्रति परिवार एक केजी कुखुराको मासु वितरण गरेका हुन्।
होटल तथा रेष्टुरेण्ट एवं फेवातालको किनारामा चटपट व्यवसाय संचालन गरेका अधिकांशको कोरोनाले गर्दा हाल दशैंको अवसरमा एक छाक मिठो मसिनो खुवाउने उद्धेश्यले सानो सहयोग गरेको लामाले जनाए । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, पर्यटन व्यवसायी श्रीकृष्ण श्रेष्ठ, पर्यटन व्यवसायी जगन्नाथ तिमिल्सिना, सोसल मीट का प्रबन्धक राजेन्द्र तिमिल्सिना लगायतले उक्त मास्क सहित मासु वितरण गरेका हुन्।
पुरानो घर धादिङ भई हाल पोखराको लेकसाइडमा मजदुरी गर्दै आएकी चिनीमाया गुरुङले दशैंको अवसरमा काम नपाएको अबस्थामा एक केजी मासुले यसपालीको दशैं मा ठुलौ राहत उपलब्ध भएको जस्तो महशुस भएको बताइन्। ५ जनाको परिवारलाई उक्त मासुले एक छाक भने पनि मिठो खान पाउने भएको उनले बताइन्। उनी जस्ता धेरै मजदुरहरुलाई एक छाक भने पनि मासु खान पाएकोमा खुसि भएका थिइ ।

Facebook Comments