हिमा गृह रिसोर्ट होइन, पर्यटकीय गन्तव्यको रुपमा खुल्छ पर्यटन मन्त्री

पुष १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताएका छन् ।

यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ कास्कीले गरेको पत्रकार सम्मेलनमा भट्टराईले हिमा गृहलाई पर्यटकीय गन्तव्यका रुपमा उपयोग गर्न उपयुक्त हुन्छ भनेर नेपाल ट्रष्टलाई पर्यटनमन्त्रालयले पत्राचार गरिसकेको भट्टराईले बताए । ‘नेपाल ट्रष्ट र यसका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्रीलाई पर्यटकीय गन्तव्य बनाउँदा पोखराको पर्यटनमा ठूलो अर्थ राख्छ भनेर लिखित पत्राचार गरेका छौं,’ भट्टराईले भने, ‘केही समय लाग्ला तर हिमा गृह पर्यटकीय गन्तव्यका रुपमै खुल्छ ।’स्रोत अनलाइनखबर बाट

Facebook Comments