हिमपातले उच्च पहाडी र हिमाली जिल्ला प्रभावित ( फोटोफिचर )

पोखरा १९ पुस । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ ।हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्नलायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।

हिउँ खेल्न हिउँ परेका स्थानमा जाने पर्यटकको संख्या बढेको छ । तर, स्थानीयले भने हिमपातले दैनिक क्रियाकलाप नै प्रभावित भएको भन्दै आफूहरुका लागि सास्ती भएको बताएका छन् ।बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्लामा यस बर्ष दोस्रो पटक हिमपातभएको छ । शुक्रवार जुम्लामा बिहानैदेखि हिमपात भएको हो ।

( फोटोफिचर )


फोटो रासस बाट

Facebook Comments