हिउँमा पुरिएर २ जनाको मृत्यु

काठमाडौं १ पुष । बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।

गएको मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलनका लागि गएका दुवैजनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको हो ।

उक्त क्षेत्रमा लगातार परेको हिमपातका कारण कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।

Facebook Comments