हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था, यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

२०७६-०७-०६ विहान ६:०० बजे
मौसम विश्लेषणMeteorological Analysis):

अरब सागरको पूर्वी-मध्य भागमा विकशित भएको न्यून चापीय प्रणाली का साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०६  गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०७  गते (बिहिबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

 कार्तिक ०८  गते (शुक्रबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी /परामर्श (Warning/Advisory for next 24 hrs.):-

पहाडि भु-भागमा हल्का वर्षाको सम्भावना रहेकोले ति स्थानहरुमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ |

Facebook Comments