हाईब्रिड होईन, आर्ग्यानिक उम्मेदवारीले कास्कीमा तरंग, जित खेमराज गुरुकै हुन्छ :केसी(video)

आरजू विष्ट सल्यानी/पोखरा, कात्तिक २८

नेपाली कांग्रेस कास्कीका सभापति तथा निर्वाचन प्रचार अभियानका संयोजक कृष्ण केसीले खेमराज पौडेलको आर्ग्यानिक उम्मेदवारीले कास्कीका दलहरु, नेता, कार्यकर्ता र समाजमा तरंग पैदा गरिदिएको दावि गर्नुभएको छ । उहाँ हाईब्रिड होईन, निष्ठावान, निष्कलंक आर्ग्यानिक नेता हो, त्यसैले रुचि पनि सबैको आर्ग्यानिकतिरै रहेको पाईएको केसीको भनाई छ ।

केसीले प्रतिनिधिसभा सदस्यको लागि क्षेत्र नं २ मा मंसिर १४ मा हुन लागकोको उपनिर्वाचनको प्रचारको लागि जनताको घरघरमा पुग्दा खेमराज गुरुको उम्मेदवारीप्रति धेरैमा उत्साह जागेको बताउनु भयो । केसीले भन्नुभयो :“जनताको कुनै गुनासो पाईएन, बरु बहुमतको सरकारले जनतामा पैदा गराएको निरासाबाट आजित भएको बताएका उनिहरुले कांग्रेस उम्मेदवार पौडेलको पक्षमा भोट दिने पक्का छ ।”

आज बिहान रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुरा गर्दै केसीले जनतामा गृहमन्त्रीले सुरक्षा गर्छन्, न्याय पाईन्छ, भ्रष्टाचारीले सजाय पाउँछन् भन्ने कुरा परेको छैन, हामीले हिजोका गल्तिहरुलाई फालेर आएको हो, सबै खालको निशेधको प्रवृतिलाई त्यागेर नयाँ संरचनामा आएको हो, यस्लाई मान्नु पर्दैन भनेर केसीले प्रश्न गर्नुभयो ।

by:aarju

ज्ञानेन्द्र शाह नागरीक सरह चलिरहेको बेलामा प्रधानमन्त्री र प्रचण्डलाई तर्सिनु पर्ने कारण के छ भन्दै केसीले नेपाली कांग्रेस देशको अगुवा पार्टी हो, आन्दोलनको पनि अगुवा हो, गर्नुपरेको खण्डमा तयार भएर बसेको बताउनु भयो । कांग्रेसको लागि उपनिर्वाचन महत्वपूर्ण छ, उहाँले भन्नुभयो ः“संख्याको आधारमा सरकार फाल्न नसकौंला तर सरकारलाई दरो खबरदारी गर्न र्र नैतिकताको पाठ सिकाउन च्ुनाव महत्वपूर्ण छ ।”

खेमराज पौडेलको उम्मेदवारीप्रति पार्टीको कुनैपनि तहबाट घात अन्र्तघात हुँदैन, यहि कसैले गर्यो भने उस्को पतन त्यहिंनिरबाट शुरु हुने केसीको चेतावनि थियो । नेता खेमराज पौडेल राजनीतिमा लामो समय खर्च गरेको निष्ठावान नेता हो, प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका सिमित मान्छे मध्य एक हो, लाभको लागि कहिल्यै पछि नलागेको व्यक्ति भएकोले कांग्रेसले मात्र नभई अरुहरुले पनि जिताउनु पर्छ भनेको कुरा केसीले सुनाउनु भयो ।

आफ्नो जीवनकालमा ६० वर्षको उमेरमा टीकट पाउनु भनेको खेमराज गुरुको अग्र्यानिक उम्मेदवारी हो, उहाँले भन्नुभयो :“हुन त अहिले हाईब्रिड राजनीति पनि चल्ने गरेको छ र देखिन्छ पनि तर यसो भन्दै गर्दा आर्ग्यानिक नेतृत्व, उहाँको निष्कलंक छविलाई छुटाउन हुँदैन भन्ने मान्यता हो ।”

कास्कीका जनताले गुरुको बारेमा राम्रो प्रतिक्रिया दिईरहेका छन्, उहाँमा राजनीतिक निष्ठा रहेको छ, उहाँले चुनाव जित्नु हुन्छ, । सरकार अलोकप्रिय भएको छ, संविधान अनुसार चलेको छैन, सबै संवैधानिक आयोगहरु सरकार नियन्त्रणमा राख्न खोजिएको छ, सम्पति सुद्धिकरण आयोग, मानवअधिकार, अख्तियार, प्रेस माथि अंकुश लगाउने र सेना चलाउने विषयमा प्रधानमन्त्रीले आफ्नो मातहतमा ल्याउन खोज्नु भएको छ, केसीले भन्नसभयो :“हरेक क्षेत्रमा सरकारले संविधानको दायरा नाघेको छ र लोकतान्त्रिक चरीत्र देखाउन सकेको छैन ।”

“सरकारले सत्ता कब्जाको नीति लिएको देखिन्छ, क्यूबेली मोडलमा सत्ता कव्जाको प्रयास गरिरहेको छ, सिंहदवरवार र वालुवाटारमा फिडेल कयास्ट्रोको प्रयास गरेको छ, सिंहदरवार बाहिर आएर प्रशंसाको प्रजातान्त्रिक लहर र चाईनामाका आएको सुधारलाई हेरेर सकिन्न कि भन्छ, यो उस्को दोहोरो चरीत्र हो ।”

Facebook Comments