हरिबोधिनी एकादशी पोखरामा पनि मनाइयो तुल्सीघाटमा २६ वटा तोरण टागियो

दीननाथ बराल पोखरा २२, कात्तिक । यस बर्षको हरिबोधीनी एकादशी (ठुलाएकादशी ) पर्व पोखरामा पनि मनाईएको छ । यस बर्षको कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी पर्वको अवसरमा पोखरा क्षेत्रका बिष्णुका भक्तहरुले बिष्णु भगवानको पुजा गर्दै तुल्सी घाटमा फुलअर्थात तोरण टाग्दै भजन कृतनका साथ हरिबोधिनी एकादशी पर्व मनाएका हुन ।यस बर्ष तुल्सीघाटमा पोखरा क्ष्ोत्रबाट २६ वटा भन्दा बढी तोरण टागिएकोनयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजी प्रसादकोईरालाले बताए । गत बर्ष ३२ वटा तोरण टागिएको थियो ।

२०७४ सालमा करिब ४४ वटा तोरण टागिएको थियो । यसरी हेर्दा हरेक बर्षजसो तोरण टाग्ने सङख्या घट्दो रुपमा रहेको समितिले जनाएको छ । यस बर्ष समितिले विभिन्न दाताहरुबाट करिब १० लाख रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखेकोे छ । विभिन्न तोरण टाग्ने टोली तथा भक्तजनहरुले सहयोग गरेको अध्यक्ष कोईरालाले जनाए ।

गुगल फोटो

पोखरा महानगरपालिका वडा नम्बर ९ ले उक्त समितिलाई ५० हजार, राम मन्दिर सेवा समितिबाट १० हजार प्राप्त भएको समितिले जनाएको छ । कार्यक्रम स्थलमा तोरणसंगै आएका भजनकृतनको समुहले आ—आफ्नो प्रस्तुती राखेसंगै उनीहरुलाई आफुहरुले सहभागिताको प्रमाण—पत्र समेत वितरण गरिएको समितिले जनाएको छ । केदारेश्वर महादेवमणि मन्दिरका संरक्षक डा.लेखनाथ आचार्यले हरिबोधीनी एकादशी सम्बन्धि प्रवचन दिएका थिए ।

शुक्रबार वेलुका समितिले विन्ध्यवासिनी मन्दिरका वटुकहरुबाट गंगा आरति समेत आयोजना गरेको छ । श्रीपती कोइराला गुठी र नेवाः मिस पुचः नयाँबजार पोखराले भ्त्रजनहरुलाई निशुल्क रुपमा पिउने पानी वितरण गरेको समितिका उपाध्यक्ष बोधकुमार श्रेष्ठले बताए ।

समाजसेवी हेडम्ब प्रसाद कोइराला, न्यू माडवरी भोजनालय महेन्द्रपुल लगायले हरीबोधीनी एकादशी पर्वलाई सम्पन्न गर्न सहयोग गरेको समितिका सदस्य अग्नीकुमार श्रेष्ठले बताए । हरिबोधीनी एकादशीको दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरिन्छ भने हरिशयनी एकादशीका दिन घर घरमा रोपिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन रहेको छ ।

Facebook Comments