हरिबोधिनी एकादशीको अवसरमा फुटपाथ व्यवसायीसंग स्थानिय आम समुहद्धारा रकम अशुल्दै

दीननाथ बराल पोखरा २३, कात्तिक । हरिबोधीनी एकादशी (ठुलाएकादशी) पर्वको अवसरमा पोखरामा स्थानिय आमा समुहका केही महिलाहरुले फुटपाथे व्यवसायीहरुसंग रकम अशुलेकाछन्। सहभागि महिला समुहबाट आफुहरुले स्थानिय स्तरमा सरसफाई गर्ने भन्दै शान्ति जलारीको समुहले फुटपाथे व्यवसायीहरुसंग शुक्रबार एक सय देखि २ सय रुपैया अशुलेका हुन्।

उमा शंकर लगायतका फुटपाथे व्यवसायीहरुसंग आमा समुहका केही सदस्यले सादा विलमा व्यवसायीको नाम र रकम मात्र उल्लेख गरी रकम अशुलेका थिए । किन विल भरपाई विना रकम अशुलेको भन्ने प्रश्नमा उनीहरु सरसफाईको लागि भन्दै प्रतिकृया दिएका थिए ।

हरिबोधीनी एकादशीको अवसरमा पोखराको तुल्सीघाट क्षेत्रमा हस्तकला देखि कन्दमुल, फलफुल तरकारी र दैनिक उपभोग्य बस्तुको बिक्रि गर्ने व्यवसायीहरुले फुटपात तथा सडक छेउ छाउमा व्यापार गरेका थिए । उनीहरुले सादा विलमा पनि ओली विना मन परी ढंगले फुटपाथे व्यवसायीहरुसंग रकम अशुलेको एक व्यवसायी उमा शंकरले गुनासो गरे ।

यसैबिच हरिबोधीनी एकादशीको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले आव्हान गरेको सहयोग संकलनबाट करिब ३ लाख रुपैया संकलन भएको समितिका अध्यक्ष रामजी प्रसाद कोईरालाले बताए । विना विल भरपाई जो कसैले रकम अशुल्न नहुने उनले जनाए ।

आफुहरुले ५ सय भन्दा बढी सहयोग गर्नेलाई सहयोग रसिद र कम सहयोग गर्नेलाई दानपेटिकामा राख्ने गरी सहयोग संकलन गरेको उनले जनाए । स्थानिय जगतकृष्ण कर्मचार्यले ५० वोरा सिमेन्ट दिने भएको समितिले जनाएको छ । समितिले डेढ करोडको लागतमा कृयापुत्री भवन बनाउने योजना अघि सारेको छ ।

Facebook Comments