हरिबोधनी एकादशीमा पोखरामा जेष्ठ नागरिक एक महिलाको सुनको सिक्रि चोरी

दीननाथ बराल पोखरा २२, कात्र्तिक । हरिबोधनी एकादशी पर्वको अवसरमा शुक्रबार पोखराको रामघाटमा दर्शन गर्न आएकी एक जेष्ठ नागरिकको सुनको सिक्रि चोरी भएको छ । पोखराको रामघाटमा दर्शन गरेर तुल्सीघाट निस्केसंगै ७० बर्षीया पुष्पा थापाको गलामा लगाएको करिब साँढे दुई तोलाको सुनको सिक्रि चोरी भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजी प्रसाद कोईरालाले बताए ।

यस बर्ष आफुहरुले स्वयमसेवक र प्रहरी ठुलो सङख्यामा खटाउन नसक्दा यस बर्ष पनि चोरीका घटना हुन गएको उनले जनाए । रामघाट देखि तोरण टाग्ने तुल्सीघाट माथिल्लो क्षेत्रमा आउने बाटो साँघुरो हुदा भक्तजनहरुको अत्याधिक भिड भएको मौका छोपी थापाको गलामा लगाएको सुनको सिक्रि चोरी भएको हुन सक्ने अध्यक्ष कोइरालाले बताए ।

त्यसै गरी पाटेक मार्दै गर्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ३ नदीपुरका ४१ बर्षीय महेन्द्र पाण्डेले हरिबोधनी एकादर्शी पर्वमा आएका एक भक्तजनको पकेट मार्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको समितिका अध्यक्ष कोइरालाले बताए । गत बर्ष पनि हरिबोधनी एकादशी पर्वको अवसरमा रामघाट क्षेत्रमा सुनको सिक्रि चोरी भएको थियो ।

उक्त सुनको सिक्रि चोरी भएसंगै प्रहरी र समितिका पदाधिकारीले देखिने गरी जो कसैले सुनको सिक्रि नलगाउन पटक पटक सुचना जारी गरेका थिए । केही महिलाहरुले सुनको सिक्रि आफ्नो झोलामा राखेका थिए त केहीले सिक्रि छोपेर लगाएका थिए । हरीबोधीनी एकादशीको शुभकामना ।

Facebook Comments