हङकङकी कविता र युकेकी लिनालाई तमु धिं नेपालमा स्वागत

पोखरा, १६ मंसिर । तमु ट्हो ह्युला हङकङ महिला विभाग अध्यक्ष कविता गुरुङ र तमु धिं युके आमा समुहकी सहसचिव लिना गुरुङलाई तमु धिं नेपालमा स्वागत गरिएको छ।

घर बिदामा पोखरा आउनुभएकी समाजसेवी दुई दिदिबहिनीलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा, घलेक र क्रमुसहित मायाको चिनोले स्वागत गरेको हो।

तमु ट्हो ह्युला हङकङ महिला विभाग अध्यक्ष कविता गुरुङले स्वागत पश्चात भन्नुभयो, म पहिलो पटक तमु धिं नेपालमा प्रवेश गर्ने अवसर प्राप्त भएकोमा आभारी छ। तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत गर्नुभएकोमा गौरब भएको महसुस भएको भन्दै तमुहरु जहाँ रहे पनि एक हुनुपर्ने बताउनुभयो।

स्वदेश र विदेशमा रहेका तमु संघ संस्थाहरुको सहकार्य आवाश्यक रहेको बताउदै तमु ट्हो ह्युला हङकङ महिला विभागको आयोजनामा पहिलो पटक हङकङमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आतिथ्यता स्विकार गर्नुभएकोमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले समाजसेवी बाबाको अन्त्यन्तै संस्कार छोरीद्वयले हङकङ र युकेमा समाजसेवीमा जुटेकोमा बधाई दिनुभयो। उहाँले समाजसेवा मात्र नभए हङकङमा कविताले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले भन्नु भयो तमुहरु जहाँ रहे पनि समुहमा बस्ने जाति भएकाले हङकङमा तमु ट्हो र तमु समाज दुईतिर नभई एकता हुन आग्रह गर्नुभयो। तमु ट्हो ह्युला हङकङ महिला विभागको आमन्त्रणमा हङकङ पुग्दा अत्यन्तै हार्दिक स्वागत सम्मानप्रति आभार व्यक्त गर्नुभयो। जहाँ रहे पनि तमुहरु एक भए मात्र अधिकार पाउने, राज्यले सम्बोधन गर्दछ अन्यथा तमुहरु सधै पछि परिरहने बताउनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो।

Facebook Comments