स्वीकृतिबिना राहत संकलन/वितरण निषेध, एकद्वार प्रणालीबाट, अन्यथा कारबाहि प्रमुख जिल्ला अधिकारी :ढकाल

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २४

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रकाद ढकालले प्रशासनको स्वकिृति तथा स्थानिय तहको सिफारिसबिना कुनै पनि प्रकारको राहत संकलन तथा विरण कार्यलाई निषेध गरिएको बताउनु भएको छ ।

प्रजिअ ढकालले जारि गर्नुभएको सूचनामा उल्लेख छ, :“कास्कीमा रहेका विभिन्न व्यक्ति, फर्म, कम्पनी, संघ संस्था र नागरिक समाज लगायतले कोभिड १९, कोरोनाभाइरस संक्रमण जोखिम कामय रहेको अवस्थालाई बेवास्ता गरिएको छ । नगद, जिन्सी, खाद्यान्न, लगायतका समग्रीहरु संकलन गर्ने प्रयास गरेको र राहत वितरणमा सक्रिय हुन खोजेको देखिएकोले यस्ता कार्यहरु निषेध गरिएको बताउनु भएको हो ।

कोहि कसैले आफ्नै तर्फबाट राहत वितरण गर्न चाहेमा स्थानिय आवस्यक्ता र औचित्य पुष्याईसहित सम्वन्धित स्थानिय तहको सिफारीस र जिल्ला प्रशासन कार्यालय कास्कीको स्वीकृति लिएर मात्र एकद्वार प्रणालीबाट राहत वितरण गर्न सकिने सबैलाई जानकारी गराइएको छ ।

प्रशासनको सूचना पिरित कोहि कसैबाट यस प्रकृतिका कार्यहरु गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारहबाहि गरिने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भएको छ ।

Facebook Comments