स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टचारमा संलग्नलाई कार्वाही हुनुपर्दछ-भण्डारी

काठमाडौँ, २२ चैत-नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी चीनबाट स्वास्थ्य सामाग्री खरीदमा भएको भन्दै भ्रष्टचारमा संलग्नलाई कार्वाही हुनुपर्ने बताएका छन् ।

स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टचार भएको विषय सार्वजनिक भएको भन्दै भण्डारीले सामाजिक सञ्जाल मार्फत सो कुरा बताएका हुन् । सामाजिक सञ्जालमा तरुण विभाग प्रमुख भण्डारीले भ्रष्टचारमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको समेत नाम जोडिएको हुँदा उनीहरु माथि समेत छानविन गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै सामान खरीद प्रकरणको विषयमा भएको भ्रष्टचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन बस्नु अत्यन्त लज्जाजनक विषय भएको भन्दै अख्तियार माथि समेत भण्डारीले आशंका व्यक्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका भण्डारीले कोरोना संक्रमणको घडीमा देश र जनता प्रति धोका दिनेहरुलाई जनताले खबरदारी गर्नुपर्ने बेला आएको समेत भण्डारीले बताएका छन् ।

Facebook Comments