स्रिजन भान्साकार्यको सफलताको कथा-जापानी पर्यटकसंगको संगतले पोखरामा ओहायो जन्मियो(video)

”मान्छेको सफलतासंग जोडिने कुरा भनेको मेहनतले नै हो । मैले त्यो बेला गरेको मेहनतको फल हो ”ओहायो ।”

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, फागुन २२

स्रिजन भान्साकार्य भन्छन् :“कुरा २०४८ साल अघिको हो । मेरो टोलमा जापानी पर्यटकहरु आउने गरेको देख्थें । हाम्रो प्रोभिजन सप पनि थियो । उनिहरु कोल्ड ड्रिङ्स किन्न आउँथे भैरव टोलमा ।

”उनिहरुले जापानी भाषा बोलेको मैले नबझ्ने, फाट्टफुट्ट अंग्रेजी बोल्थे, त्यो चाँहि बुझ्थे । मलाई उनिहरुले अलि अलि बोलेको जापानी भाषा सुन्दा मज्जा लाग्ने गथ्र्यो । म उनिहरुसंग नजिक हुन थाले, चिनजान हुन थाल्थो । उनिहरु आफ्नो देशमा गईसकेपछि चीठ्ठी मार्फत कुराकानि हुन थाल्यो । २०४८ सालमा जापानी भाषा सिकें । विभिन्न स्थानमा प्रशिक्षण् दिन थालें ।”

यसैबीचमा २०६४ मा पोखरामा आफ्नै ओहायो जापानी भाषा सिकाउने ईन्स्टिच्युट खोलेर बसें, निरन्तर सिकाई रहेको छु । तपाँई जापानमा पढ्नका लागि वा कामको लागि जान चाहनु हुन्छ भने जापानी भाषा सिक्नु होस् र कुनै न कुनै सिपमा दक्षता हाँसिल गरेर मात्र जानुहोस् । त्यहाँ गएर राम्ररी अध्ययन गर्न सकिन्छ र त्यहाँ ज्ञान सिर्प आर्जन गरेर स्वदेशमा केहि गर्न फर्किनुस् ।

अहिले त प्रविधिले धेरै सजिलो बनाई सकेको छ, हामी भन्दा विद्यार्थी धेरै चलाख भईसकेका छन् । नयाँ नयाँ कुराहरु यूट्यूब, ईन्टरनेटको अध्ययनबाट अपग्रेड भईरहेका हुन्छन्, क्लासमा झन् प्रहिक्षक र स्वयं विद्यार्थीलाई पनि बुझ्न बुझाउन सजिलो भएको छ ।

”मान्छेको सफलतासंग जोडिने कुरा भनेको मेहनतले नै हो । मैले त्यो बेला गरेको मेहनतको फल हो ओहायो ।” जहाँ अहिले जापानी भाषा प्रशिक्षण् दिईरहेको छु । म संग मेरा अन्य प्रशिक्षक र कर्मचारी साथीहरु हुनुहुन्छ । आफैं पनि सिकाईरहेको छु र सम्पूर्ण कुराहरुको रेखदेख, अनुगमन, विद्यार्थीमा भईरहेको परिवर्तन र उनिहरुका जिज्ञासालाई चित्त बुझ्ने गरि समाधान गरेर बुझाउन पाउँदा खुसि लाग्छ ।

-aarju
-aarju
-aarju
-aarju
Facebook Comments