स्याङ्जाको वालिङ खरको छाना मुक्तहुँदै

अनलाइनअन्नपूर्ण/प्रकाश डोटेल/स्याङ्जा, १८ साउन

स्मार्ट सिटीका रुपमाविकसितहुँदै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरलाई खरको छाना मुक्तहुनेभएको छ । खरका छाना भएकानगरवासिलाई अनुदानमा जस्तापाता उपलब्ध गराएपछि वालिङ खरको छाना मुक्तहुने भएको हो ।

खरको छाना मुक्तबनाउने कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकामा आबेदन दिएका ३ सय घरपरिवार थिए । नगरपालिकाको झण्डै ३६ लाख खर्चमा गएको वर्ष सतप्रतिशत अनुदानमा १ सय १६ घरमा जस्ता पाता लगाईएको छ ।

“गतवर्षमाआबेदनदिएका परिवारलाई चालु आर्थिक वर्ष २०७७÷०७८ माअनुदानमा जस्तापाता दिएर खरको छानो विस्थापित गछौं ।” नगर प्रमुखदिलिपप्रताप खाँणले भने, “पहिलो चरणमा खरको छाना विस्थापनगर्न आर्थिक क्षमताभएकालाई अनुदानमा जस्तापाता दिएका छौं ।”

“नगर क्षेत्रमाआर्थिक अभावमाखरको छाना विस्थापनगर्न नसक्ने परिवारको पहिचानगरेर छाना विस्थापन गरेर जस्तापाता लगाई दिने तयारीमा छौं ।” नगर प्रमुख खाँणले भने,“आबेदनदिने र आर्थिक अभावमा खरको छाना विस्थापनगर्न नसक्ने परिवारको संख्या उस्तै छ ।”

खरको छाना विस्थापनगर्न चालु आर्थिक वर्षमापनि झण्डै ३५ लाखविनियोजन गरिएको नगरपालिकाले जनाएको छ । विनियोजित बजेटबाटआबेदनदिएर अनुदाननपाएकाघरपरिवारलाई जस्तापाता उपलब्ध गराउनेनगरपालिकाले लक्ष्यलिएको छ ।

Facebook Comments