स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

१९ चैत, काठमाडौं
स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् ।यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो ।
मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ ।तर अझै महामारी नियन्त्रणमा आउने छाँट देखिएको छैन । सरकारी अधिकारीहरुले भने अहिले स्पेनको अवस्था स्थिर बनेको र छिटै कोरोना भाइरसको महामारी कम हुँदै जाने बताएका छन् ।गत मार्चदेखि स्पेन पूर्ण रुपमा लकडाउनमा छ ।
अनलाइनखबर बाट

Facebook Comments