स्थापनाको ५५ वर्ष :नेबिको प्रा.लि ले जीरा र बटर कुकिज ल्यायो, स्वदेशी उत्पादन उपभोग गरौंःपौडेल(video)

by:aarju

आरजू/पोखरा, पुस १५-नेबिको प्रा.लि का ब्राण्ड म्यानेजर अरुण पौडेलले नेबिको प्रा.लि स्थापनाको ५५ वर्ष पुगेको अवसरमामा नयाँ उत्पादन अन्तराष्ट्रिय गुणस्तरको जीरा तथा बटर स्वादको कुकिज पोखराबाट पहिलो लन्च शुरु गरिएको बताउनु भएको छ ।

कम्पनीमा अत्याधुनिक नयाँ कुकिज प्लान्ट जडान, नयाँ टीम र श्रोत साधनबाट जीरा तथा बटर स्वादका कुकिजको उत्पादन गरेसंगै पर्यटकिय शहर पोखरालाई लन्चिङको लागि रोजिएको जानकारी दिनुभयो ।

आज पोखरामा नेबिको प्रा.लिले आयोजना गरेको पत्रकार तथा शुभचिन्तकसंगको भेटघाटपछि ब्राण्ड म्यानेजर पौडेलले अनलाईनअन्नपूर्णसंग कुराकानि गर्दै विश्वमै परिचीत पर्यटकिय शहर पोखराबाट नयाँ उत्पादन लन्च शुरु गर्ने भन्ने कम्पनीको सोंच अनुसार पोखरामा दुई स्वादमा जीरा कुकिज र बटर कुकिज लन्च गरिएको बताउनु भयो ।

गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आईरहेको नेबिको प्रा.लीले पोखरालाई नै कुकिज लन्चिङका लागि किन रोज्यो ? भन्ने जिज्ञासामा पौडेलले भन्नुभयो :“पोखरा आर्थिक क्षेत्र हो, पर्यटकिय क्षेत्र हो, जो विश्वमा पयरिचीत पनि छ, कुकिज मानिसको जीवनशैलीसंग पनि गाँसिएको छ, हामी उत्साहित भएका छौं, हामीलाई अन्तराष्ट्रिय ब्राण्डका उत्पादनसंग दाँजिन सक्ने कुकिज उत्पादन गरेका छौं ।”

कम्पनीले ५० ब्राण्डका बिस्कुटको उत्पादन पुर्याई सकेको छ भने आगामी दिनमा १५ देखि २० ब्राण्डसम्मका कुकिज उत्पादन थप्दै जाने बताउनु भयो । हामीले चार वर्षदेखि हाम्रो मात्रै उत्पादनको कुरा गर्दै आएका छैनौं, पौडेलले भन्नुभयो :“हामीले अन्तराष्ट्रिय गुणस्तरको प्रविधिको प्रयोगसंगै उत्पादन पनि उनिहरुसंग दाँजिन सक्ने बनायौं तर स्वदेमा उत्पादन भएका बिस्कुट, कुकिज वा वस्तुहरुलाई उपभोग गरौं भनिरहेका छौं ।”

पहिलाको जस्तो समय अहिले छैन । अब नेबिकोले विदेशी ब्राण्डसंग प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास गरिसकेकोले विदेशी ब्राण्डको मात्रै गुणस्तरीय हुन्छ भन्ने नेपालीमा परिरहेको भ्रमलाई हामीले गुणस्तरीय कुकिज, बिस्कुट उत्पादन गरेर देखाई दिएका छौं, पौडेलले भन्नुभयो :“नेपाली उत्पादनलाई प्रयोग गरौं ।”

नेबिको प्रा.लीले पोखरा लेकसाईडमा आयोजना गरिएको २१ औं संस्करणको सडक महोत्सवमा स्टल राखेर हाल उत्पादन गरिएका जीरा तथा बटर स्वादका कुकिजको व्वसायीक प्रवर्धन पनि गरीरहेको छ ।

Facebook Comments