स्टेप वाई स्टेप मा. वि. मासबारमा अंग्रेजी हिज्जे प्रतियोगिता

कार्तिक २५ पोखरा । स्टेप वाई स्टेप मा. वि. मासवार,मा जुनियर तहका विद्यार्थीहरु विच अंग्रेजी हिज्जे प्रतियोगिता संपन्न भएको छ । अन्तर सदनात्मक उक्त प्रतियोगितामा विद्यालयमा रहेका चार सदनहरुबाट १६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगीतामा मार्कोनी सदनका विद्यार्थीहरु प्रियोजन परियार कक्षा ५ ‘ख’ , कोहिनुर भण्डारी कक्षा ५ ‘क’ , उषा पौडेल कक्षा ४ ‘क’ र प्रशान्त तिमिल्सिना कक्षा ४ ‘ख’ प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने आइन्सटाइन सदनका नितिका ढकाल कक्षा ५ ‘क’ , जेनिफर चौधरी कक्षा ५ ‘ख’, सुप्रिम थापा कक्षा ४ ‘ख’ र समिर क्षेत्री कक्षा ४ ‘क’ द्वितीय हुन सफल भएका थिए ।


कक्षा ४ र ५ का विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालको सभापतित्वमा संपन्न भएको विद्यालयका अतिरीक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले बताए।

Facebook Comments