स्काउटले ग¥यो बसुन्धरा पार्कमा वृक्षारोपण

सन्देश श्रेष्ठ पोखरा, फागुन १९

पोखरामा तालिममा सहभागि स्काउटका प्रशिक्षार्थीहरुले बसुन्धरा पार्कमा वृक्षारोपण गरेका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा भइरहेको गण्डकी प्रदेश स्तरिय आधारभुत स्काउट तालिममा सहभागिहरुले सोमबार फेवाताल किनार बसुन्धरा पार्कमा वृक्षारोपण गरेका हुन् । वृक्षारोपण कार्यक्रमको गण्डकी प्रदेश सांसद राजिव पहारीले आफैले विरुवा रोपेर शुभारम्भ गरे ।

तालिममा रहेका विद्यार्थीहरुले २ सय बढी विरुवा रोपेका थिए । उनीहरुले एकल पिटुनिया, युगल पिटुनिया, मुसाफुललगायतका विभिन्न प्रकारका फलफुलका विरुवा रोपेका थिए । वृक्षारोपणको अवसरमा उनीहरुले बसुन्धरा पार्क क्षेत्रमा सरसफाईसमेत गरेका थिए । यसअघी वृक्षारोपणका लागि स्काउटका प्रशिक्षार्थीहरु सशस्त्र प्रहरी तालिम केन्द्र लामपाटनबाट हाइकिङ गर्दै बसुन्धरा पार्क आइपुगेका थिए ।

तालिमकै कार्यक्रम अन्तर्गत सरसफाई र वृक्षारोपण गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । पहिले पहिले हामीले नितान्त हाइकिङ मात्र गथ्र्यौं,‘उनले भने,‘यसपटक भने हाइकिङसँगै कम्युनिटी डेभलपमेन्ट वर्क अन्तर्गत सरसफाई र वृक्षारोपण पनि गरेका हौं ।’

वृक्षारोपण कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश सांसद राजिव पहारीले स्काउट समाजको उदाहरणीय बनेर अनुशासन र समाजसेवामा लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘गाउँ, टोल र बस्ती बस्तीका हरेक समस्याको समाधान र र हरेक विपत्तिमा सहयोग गर्ने स्काउट छ भन्ने होस्, त्यसका लागि तपाईंहरु लाग्नुस् ।’ उनले कोरोना भाइरसबिरुद्धको सचेतना अभियान गाउँ, टोल र बस्ती बस्तीमा पु¥याउन स्काउटकर्मी लाग्नुपर्नेपनि बताए । साथै उनले स्काउटलाई गाउँ, टोल र स्कुल स्कुलसम्म पु¥याउनका लागि प्रदेश सरकारले सघाउने भन्दै त्यसका लागि प्रशिक्षार्थीहरुलाई पनि लाग्न आग्रह गरे ।

स्वयम्सेवी युवा उत्पादन गर्ने उद्धेश्यले यहि फागुन १५ गतेबाट शुरु आधारभुत स्काउट तालिम मंगलबार सकिदैछ । मंगलबार विहान दीक्षान्त समारोह आयोजना गरेर प्रशिक्षार्थीहरुलाई दिक्षित गरिने स्काउटका निर्देशक राम भट्टराईले जानकारी दिए । प्रशिक्षार्थीहरुलाई स्काउट मास्टरको अन्र्तराष्ट्रिय प्रमाणपत्रसमेत प्रदान गरिने उनले बताए ।

Facebook Comments