सोमवार सार्वजनिक बिदा :मुस्लिम समुदायको पर्व ईदुल फित्रको पावन अवसर

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ११

नेपाल सरकारले जेष्ठ १२ गते सोमवार सार्वजनिक बिदा दिने सूचना जारि गरेको छ । मुस्लिम समुदायको पर्व ईदुल फित्रको पावन अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत गणेश तामाङद्वारा जारि गरिएको सूचनामा यसअघि २०७७ जेष्ठ ०९ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार जेष्ठ ११ गते आईतवारको दिन सार्वजनिक बिदा दिने घोषणा गरिएको थियो । जेष्ठ १० गते नेपाल तथा एशियाभरीबाट चन्द्रमा नदेखिएको कारण पर्व जेष्ठ १२ गते मनाउने भए बमोजिम सार्वजनिक बिदाको सूचनालाई सच्याई जेष्ठ १२ गते बिदा दिईएको सूचनामा उल्लेख छ ।

सार्वजनिक बिदाको लागि मुस्लिम आयोगबाट जेष्ठ ११ को सट्टामा जेष्ठ १२ गते सोमवार सार्वजनिक बिदाको अनुरोध भएपछि गृह मन्त्रालयले सोमवार जेष्ठ १२ गते ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको एक सूचना मार्फत जानकारी दिएको हो ।

Facebook Comments