सोमबार जारी गरेका दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं बैशाख १२
सरकारले सोमबार जारी गरेका दुवै अध्या देश फिर्ता लिने निर्णय गरेको छ ।शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । अध्यादेश फिर्ता लिनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश जारी गरेकी थिइन् ।

तर अध्यादेशको चौतर्फी विरोध भएसपछि सरकार संकटमा परेको थियो ।नेकपाभित्रै असन्तुष्टि चुलिएको थियो भने विहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको बैठकले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो।

Facebook Comments